काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्ने भएका छन्।
तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता भ्लादिमिर पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गरेका थिए।
‘हामी उहाँहरूलाई प्याट्रियट्स पठाउने छौँ, यो उनीहरूका लागि अति आवश्यक छ,’ ट्रम्पले आइतबार अमेरिकी हवाई प्रतिरक्षा प्रणालीलाई सकेत गर्दै भने।
उनले आफूले कति वटा हतियार पठाउने भन्नेबारे केही खुलाएका छैनन्। तर, उनले ‘कडा वक्तव्य दिने’ बताए। उनीलगायतका अमेरिकी उच्च अधिकारीसँग सोमबार छलफल गर्न नेटोका महासचिव मार्क रुट वासिङ्टन पुगेका हुन्।
ह्वाइट हाउसले यसै महिनाको सुरुमा किएभलाई केही हतियार आपूर्ति रोक्ने र त्यसको साटो नयाँ सम्झौताको घोषणा गरेको थियो। जसमा नेटोले युक्रेन पठाउनका लागि केही अमेरिकी हतियार खरिद गर्ने उल्लेख छ।
नेटोले जारी गरेको विज्ञप्तिमा रुट सोमबार र मंकलबार वासिङ्टनमा रहने र रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोसँग पनि भेटवार्ता गर्ने बताइएको छ।
रुटको ओभल अफिसको सोमबार बिहान १० बजे बस्ने बैठक मिडियाका लागि बन्द खुला रहने छैन। ट्रम्पले भने, ‘हामी मूलतः उनीहरूलाई सेनाका विभिन्न अत्याधुनिक सामग्रीहरू पठाउन गइरहेका छौँ। उनीहरूले त्यसका लागि हामीलाई शतप्रतिशत तिर्ने छन्।’
ट्रम्पले रुसी नेता पुटिनसँग आफू ‘निराश’ भएको पनि दोहोर्याएका थिए।