काठमाडौं। कुनै पनि व्यापार व्यवसाय गर्दा ऋण नलिई सञ्चालन हुने बिरलै कम्पनी भेटिने गर्छन्। व्यवसाय सञ्चालनका लागि लिइने ऋण समयमै तिर्नेलाई धेरै राम्रो भएको छ भने केहीलाई अभिशाप।
जसले आफ्नो व्यवसायमा दिल ज्यान दिएर काम गर्छ, उसले सफलताको स्वाद चाखेकै हुन्छ। तिनै व्यवसायी बैंकको इमानदार र असल ऋणीका रुपमा रहन्छन्। पछिल्लो समय धेरै व्यवसायी ऋणमा डुबिरहेका घटना सार्वजनिक भइरहेका बेला ऋणलाई नै अवसरमा बदलेर आफ्नो अस्तित्वलाई स्थापित गर्न सफल व्यवसायमध्येको एक हो- ‘एस साहारा’।
इलेक्ट्रोनिक्स सामान विशेषगरी माइडिया ब्रान्डका एसी र होम एप्लायन्सेस व्यवसाय गर्दै आएको अग्रणी कम्पनी एस साहारा आत्मविश्वास, दिगो योजना, पारदर्शिता, बजारप्रतिको गहिरो बुझाइ र ग्राहकप्रतिको समर्पणका आधारमा नेतृत्वदायी भूमिकामा स्थापित हुन सफल भएको छ।
‘एस साहारा’को व्यवसाय इलेक्ट्रोनिक्ससँग सम्बन्धित भएकाले यसमा ९५ प्रतिशत हिस्सा एसीको रहेको बिजनेस डेभलपमेन्ट अफिसर राजमणि श्रेष्ठ बताउँछन्।
‘यसमा करिब ९५ प्रतिशत हिस्सा एसीमा केन्द्रित छ भने ५ प्रतिशत होम एप्लायन्सेसको छ,’ बिजनेस डेभलपमेन्ट अफिसर श्रेष्ठ भन्छन्, ‘ती दुवैमा पनि ९९ प्रतिशत कारोबार माइडिया ब्रान्डसँग मात्रै गर्ने गरेको छ।’
श्रेष्ठका अनुसार यो व्यवसाय २०१३ मा एस साहाराबाट सुरु गरिएको हो।
पाँच लाखबाट सुरु भएको यात्रा
सन् २०१३ मा पाँच लाख रुपैयाँको लगानीबाट सुरु गरिएको इलेक्ट्रोनिक्स व्यवसाय आज ९ करोड रुपैयाँभन्दा बढी वार्षिक बिक्री गर्ने सशक्त ब्रान्डका रुपमा स्थापित भएको छ। अहिले बिक्री लगभग ९ करोड बढी पुगेको छ।
कोभिड महामारीको समयमा दराज र नबिल बैंकको एसएमई ऋण स्किमबाट ३० लाख रुपैयाँ ऋण लिएर व्यवसायको नयाँ चरण सुरु भएको थियो।
सुरुमा एसीमा केन्द्रित भएर थालिएको यो व्यवसाय अहिले माइडिया ब्रान्डका होम एप्लायन्सेस, जसमा माइक्रोवेभ, वाटर प्युरिफायर, ड्युमिडिफायर, एयर प्युरिफायर, फ्यान, वासिङ मेसिन, डिस्वासर आदि पनि समावेश भएको श्रेष्ठ बताउँछन्।
‘एस साहारा’ले सन् २०१८ देखि दराजमा जोडिएर इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको हो। कोभिड महामारीको समयमा दराज र नबिल बैंकको एसएमई ऋण स्किमबाट ३० लाख रुपैयाँ ऋण लिएर व्यवसायको नयाँ चरण सुरु भएको थियो। अहिले त्यो ऋण एक करोड हाराहारीमा पु¥याइएको छ। जसको प्रत्यक्ष प्रभाव बिक्रीमा देखिएको श्रेष्ठ सुनाउँछन्।
‘अहिले हामीले लगभग एक करोड हाराहारी नबिल बैंकबाट एसएमई ऋण लिएर चलाइरहेका छौं,’ श्रेष्ठले भने, ‘गत वर्षसम्म बैंकको ऋण ४५ लाख थियो। अहिले यसलाई बढाएर ९० लाखभन्दा बढी गरेका छौं।’ बैंकबाट ऋण लिएपछि व्यवसाय पनि वृद्धि भएको श्रेष्ठको भनाइ छ।
ऋण नलिँदाको बिक्री भनेको साढे २ देखि ३ करोड रुपैयाँ हाराहारी थियो। नबिल बैंकसँग ऋण लिएर स्टक राखेर सामान बिक्री गर्न सुरु गरेपछि बढ्दै बढ्दै गत वर्षको बिक्री ६ करोड ६८ लाख पुगेको थियो।
‘एस सहारा’को अघिल्लो वर्ष ६ करोड ६८ लाख रुपैयाँ बिक्री थियो। यो वर्ष ९ करोड नाघ्ने अनुमान गरिएको छ,’ श्रेष्ठले भने, ‘नबिल बैंकसँग बसेर हामीले चालू आर्थिक वर्षमा १० करोड बढीको कारोबार गर्ने प्रतिवद्धता दिएका छौं।’
त्यसअनुसार बैंकले पनि भरपूर साथ दिएको छ। बैंकले गर्न मिल्ने सबै सहयोग गरेको छ भने, जुन काम सम्भव थिएन। त्यसबारे स्पष्ट जानकारी दिएकोले निर्णय लिन हामीलाई सजिलो भएको श्रेष्ठ बताउँछन्।
उनका अनुसार व्यवसाय सिजनल प्रकृतिको भएकाले योजना र व्यवस्थापन झनै महत्त्वपूर्ण हुन्छ। हामी माइडिया ब्रान्डको एसीमा विशेष ध्यान दिन्छौं र एसीसँग सम्बन्धित व्यवसाय भएकाले विशेषगरी कारोबार गर्मीयाममा बढ्छ। वैशाख, जेठ र असार महिनामा मात्रै वार्षिक बिक्रीको करिब ५० प्रतिशत कारोबार हुने गरेको उनको भनाइ छ।
नबिल बैंकको सहयोगका कारण ‘एस सहारा’ले आफ्नो कारोबारमा निरन्तर वृद्धि गर्न सफल भएको छ।
‘एस सहारा’को तीन महिनामा औषत बिक्री डेढ करोड रुपैयाँ हाराहारी पुग्ने गर्दछ। बाँकी ९ महिनामा भने मासिक बिक्री ४०-५० लाख हाराहारी हुने गर्दछ। नबिल बैंकको सहयोगका कारण ‘एस सहारा’ले आफ्नो कारोबारमा निरन्तर वृद्धि गर्न सफल भएको छ।
बिक्रीपछिको सेवा पनि राम्रो
श्रेष्ठ भन्छन्, ‘हामीले बेच्ने प्रडक्ट नै राम्रो भएकाले सुरु दिनदेखि नै ग्राहक प्रतिक्रिया राम्रो पाइरहेका छौं। प्रडक्टको क्वालिटी पनि राम्रो, मूल्य पनि अरुभन्दा सस्तो भएकाले ग्राहक रोजाइमा परेको हो। हामीले नयाँ नयाँ फिचर्स एड गर्दै ल्याउने गरेका छौं। प्रोडक्ट पनि अपग्रेड गर्दै ल्याउँछौं। अहिले धेरै राम्रो फिचर्सका प्रडक्ट ल्याइरहेका छौं। त्यसकारण पनि व्यवसाय फस्टाएको हो।’
एस साहारामा प्रत्येक वर्ष ५०० जना नयाँ ग्राहक थपिँदै आएका छन्। १३ वर्षको व्यवसायको यात्रामा २०-२५ हजारसम्म ग्राहकले सेवा उपयोग गरिसकेका छन्। बिजनेस डेभलपमेन्ट अफिसर श्रेष्ठका अनुसार हाल करिब २५ सयदेखि ३ हजार जना सक्रिय ग्राहक सहाराको सम्पर्कमा छन्। यसले नियमित रूपमा सेवा, सर्भिसिङ, वा पार्ट रिप्लेसमेन्ट लिन आउने गर्छन्।
‘हामी बिक्रीपछि सेवामा प्रतिबद्ध छौं। बाइक वा कारजस्तै एसीको पनि नियमित सर्भिसिङ आवश्यक पर्छ। हामी प्रत्येक प्रोडक्टको इन्स्टलेसन, सर्भिस, वारेन्टी, पार्ट र समस्या समाधानको सम्पूर्ण जिम्मेवारी स्वयं लिन्छौं,’ श्रेष्ठले भने।
उनका अनुसार ग्राहक सन्तुष्ट भएकाले गुनासो पनि एकदमै कम छन्। यदि, कहिलेकाहीँ आफैले समस्या समाधान गर्न नसके तत्कालै भेन्डरसँग समन्वय गर्ने गरिएको उनले बताए। भेन्डरले पनि समाधान गर्न नसके सीधै माइडिया कम्पनीसँग सम्पर्क गरिने र उसले सहकार्य गर्दै आएको जानकारी उनले दिए।
कहिलेकाहीं समस्या आए कम्पनीले भिडियो कलमार्फत ‘स्टेप बाई स्टेप’ गाइड गरेर समस्या समाधान गरिदिन्छ। यसरी उनीहरुको सहयोगका कारण जटिल देखिएका समस्यासमेत सजिलै समाधान गर्दै आएको श्रेष्ठ बताउँछन्।
अफलाइनबाट पनि सामान बिक्री गर्दै आएको छ। साहारा सोरुम काठमाडौंको महाराजगञ्जमा छ। अफिस रामकोटमा।
‘एस साहारा’ कम्पनी माइडिया ब्रान्डका एसी तथा होम एप्लायन्सेसमा केन्द्रित छ। एसीको सस्तो मूल्य ५० हजार रुपैयाँबाट सुरु छ। कम्पनीले विभिन्न प्रकारका किचन र वाटर एप्लायन्सेस जस्तै, माइक्रोवेभ, वाटर प्युरिफायर, ड्युमिडिफायर, एयर प्युरिफायर, इलेक्ट्रिक फ्यान आदि बिक्री गर्दै आएको छ। सहाराले तीन मोडलमा व्यवसाय गर्दै आएको छ। अनलाइन, अनलाइन (दराज) वेबसाइट (हाम्रो सहारा डटकम) र अफलाइन अर्थात् सोरुमबाट बिक्री गर्दै आएको छ।
ग्राहकले सीधै सहाराको वेबसाइटबाट पनि सामान अर्डर गर्न सक्छन्। कम्पनीले हाम्रो साहाराको वेबसाइटबाट पनि डिजिटल प्लेटफर्मबाट अनलाइन अर्डर र बिक्री गर्दै आएको छ। अफलाइनबाट पनि सामान बिक्री गर्दै आएको छ। साहारा सोरुम काठमाडौंको महाराजगञ्जमा छ। अफिस रामकोटमा।
ग्राहकले प्रोडक्ट प्रत्यक्ष अवलोकन गरेर खरिद गर्न सक्छन्। माइडियाको आधिकारिक स्टोर एस साहारा हो। जसमा कम्पनीले नै उनीहरुलाई अधिकार दिएको श्रेष्ठ बताउँछन्। ‘हामी माइडिया ब्रान्डको आधिकारिक अनलाइन स्टोर हो। कम्पनीले हामीलाई अधिकार दिएकाले दराजमा देखिने सबै प्रोडक्ट हामीले नै अपलोड, अपडेट र व्यवस्थापन गर्छौं,’ उनले भने।
दराजबाट कारोबार गरिने हुँदा अनलाइनका कतिपय ग्राहकले विदेशबाटै आफ्ना आफन्त, बुढाबुढी, आमा र छोराछोरीका लागि अर्डर गर्नेहरु पनि धेरै रहेको उनको भनाइ छ।
साहाराको कुल व्यापारको ७५-८० प्रतिशत हिस्सा काठमाडौं उपत्यकामै केन्द्रित छ। २०-२५ प्रतिशत व्यापार उपत्यका बाहिरबाट आउँछ। कम्पनीले नेपालभर सामान पठाउने गरेको छ।
साहाराले गुणस्तरीय सेवासँगै वारेन्टीमा पनि प्रतिबद्धता जनाउँदै आएको छ। कम्पनीले बिक्री गर्ने सबै सामानमा वारेन्टी दिँदै आएको छ।
कम्पनीले अनलाइन, अफलाइन र रेफरेन्स- तीन वटै मोडलबाट बजारमा उपस्थित भएर नेपालको विभिन्न भूगोल, वर्ग र प्रवृत्तिलाई समेट्दै व्यवसाय विस्तार गरिरहेको छ। काठमाडौंबाट मुग्लिनदेखि माथिको पहाडी क्षेत्रसम्मको सम्पूर्ण बजार काठमाडौंबाटै व्यवस्थापन गर्दै आएको छ।
वारेन्टी तथा नेटवर्क
कम्पनीले ४० जिल्लामा सेवा विस्तार गरिसकेको छ। ती जिल्लामा इन्स्टलेसन तथा बिक्रीपछिको सेवा उपलब्ध गराउने व्यवस्थापन गरेको छ। कम्पनीले ती स्थानमा स्थायी प्राविधिक राखेको छ। प्रत्येक जिल्लामा इन्स्टलेसन र बिक्रीपछिको सेवाका लागि सर्भिस पार्टनर छन्। धेरै नेपालीले विदेशबाट आफ्ना अभिभावक, श्रीमान्-श्रीमती र छोराछोरीका लागि पनि अर्डर गर्ने गरेका छन्। अनलाइनले सहज बनाइदिएको छ।
साहाराले गुणस्तरीय सेवासँगै वारेन्टीमा पनि प्रतिबद्धता जनाउँदै आएको छ। कम्पनीले बिक्री गर्ने सबै सामानमा वारेन्टी दिँदै आएको छ। वारेन्टीको अवधि प्रडक्ट हेरेर निर्धारण गरिनेछ। साहाराले एसी र होम एप्लायन्सेसमा १० वर्षसम्म वारेन्टी दिँदै आएको छ।
एसीको एउटा मोडलमा १० वर्ष, अन्य मोडलमा सात वर्ष, इन्भर्टरबाट चल्ने अरु मोडलमा एक वर्षको छ। होम एप्लायन्सेसअन्तर्गत वासिङ मेसिनमा १० वर्ष, डिस्वासरमा १० वर्ष वारेन्टी दिने गरेको छ। त्यस्तै, वाटर हिटरमा पाँच वर्ष वारेन्टी छ।
माइडियाको आयातकर्ता
नेपालमा माइडिया ब्रान्ड चार वटा फरक आयातकर्ताले ल्याउने गरेका छन्। एसीका एक जना, होम एप्लायन्सेस दुई जना, हिट पमका एक जना छन्।
तीमध्ये एउटा चौधरी ग्रुपले ल्याउने गरेको छ। उनीहरुले ल्याउने होम एप्लायन्सेसको आफ्नै नेटवर्क छ। एयर कन्डिसनरको डिलर नेटवर्क लगभग २०० वटा छन्। अर्काे होम एप्लायन्सेसका साढे २ सय वटा डिलर नेटवर्क छन्।