काठमाडौं। अमेरिकी खर्बपति व्यापारी एलोन मस्कले लस एन्जलसमा सुप्पर रेस्टुरेन्ट खोलेका छन्। यसमा बर्गर, हट डग जस्ता खाद्यन्न पाउने छ। यहाँ इभी चार्जिङको लागि ८० सुपर चार्जरसमेत जडान गरिएका छन्।
यदि, कोही टेस्ला कारमा आउँछ भने उसले कारको स्क्रिनबाटै खाना अर्डर गर्न सक्छन्। साथै, ४५ फिट चलचित्र स्क्रिनको अडियो टेस्लाको कारको साउन्ड सिस्टमसँग सिङ्क गरिएको छ।
१९५० शैलीको डिनरको लन्च कार्यक्रममा अप्टिमस रोबोटले पपकर्न सेवा गरेको थियो। खाना साइबर ट्रक शैलीको बक्समा सेवा गरिएको छ। यहाँ मस्कले पनि खाना खाएका थिए।
यो डिनर एउटा अनुभव हो। जसले पुरानो जमानाको अमेरिकी डिनर संस्कृतिलाई भविष्यको प्रविधिसँग जोड्द छ। मस्कले सन् २०१८ मा यो डिनर बनाउने धारणा सार्वजनिक गरेका थिए।
टेस्लाको डिनर हेर्न मानिसको भिड
जुलाई २१ मा डिनर खुल्नेबित्तिकै मानिस लाइनमा बस्न थाले। केही फ्यानहरू अप्टिमस रोबोट हेर्न र रेट्रो फ्युचरिस्टिक ठाउँको अनुभव गर्न मात्र आएका थिए।

मस्कले पनि डिनरमा खाना खाएर आफ्नै लगानी भएको सामाजिक सञ्जाल एक्समा पोस्ट गरे, 'मैले भर्खरै रेट्रो फ्युचरिस्टिक टेस्ला डिनर र सुपरचार्जरमा खाना खाएँ। टोलीले यसलाई सिर्जना गर्न अद्भुत काम गर्यो।'
मस्कले यो व्यापार सफल भए विश्वभरका प्रमुख शहर र लामो दुरीको सुपरचार्जर साइटमा यस्ता ठाउँ खोल्ने छ। उनले यसलाई 'राम्रो खाना, राम्रो भाइब्स र मनोरञ्जनको टापु'को रूपमा वर्णन गरे। जहाँ मानिसहरूले आफ्नो कार चार्ज गर्न सक्छन्।