काठमाडौं। भारतको उत्तरा खण्डको उत्तरकाशीमा धराली, हर्षिल र सुखी टपमा खोजी कार्य जारी छ। अहिलेसम्म उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। १०० भन्दा बढी मानिस बेपत्ता छन्।
आईटीबीपीका प्रवक्ता कमलेश कमलले भने, 'चार सयभन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ। १०० भन्दा बढी अझै अलपत्र छन्। उनीहरूलाई पनि साँझसम्म उद्धार गरिने छ।'
एनडीआरएफका डीआईजी शाहिदीका अनुसार घटनामा ११ जना सैनिक बेपत्ता भएका छन्। बुधबार बिहान प्रधानमन्त्री मोदीले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग फोनमा कुरा गरी घटनाबारे जानकारी लिएका छन्।
यसपछि धामीले धराली र अन्य ठाउँहरूको हवाई सर्वेक्षण गरे। उनले उद्धार कार्यको सम्बन्धमा अधिकारीसँग बैठक बसेका थिए।
धराली घटनापछि केरलाका २८ पर्यटकको समूह बेपत्ता छ। परिवारका सदस्यका अनुसार पर्यटकहरू गंगोत्रीको यात्रामा जाँदै थिए। तर, पहिरो गएसँगै उनीहरू सम्पर्कविहीन भएका हुन्।
गंगोत्री तीर्थयात्रीका लागि मुख्य गन्तव्य धराली गाउँसँगै बजार नै बगाएको थियो। यो विनाश जम्मा ३४ सेकेन्ड आएको थियो।
१५ सय वर्ष पुरानो मन्दिर भत्कियो
धरालीमा अवस्थित प्राचीन कल्प केदार महादेव मन्दिर पुरिएको छ। भागीरथी नदीको किनारमा अवस्थित यो मन्दिर १५ सय वर्ष पुरानो मन्दिर पञ्च केदार परम्परासँग सम्बन्धित छ। यो स्थानीय जनताको आस्थाको सबैभन्दा ठूलो केन्द्र थियो।
उत्तराखण्ड त्रासदीको सन्दर्भमा प्रधानमन्त्री मोदीले दिल्लीमा उत्तरा खण्डका चार सांसदहरूलाई भेटेर थप जानकारी लिएका थिए। एजेन्सी