काठमाडौं उपत्यकामा खसीबोका र च्यांग्राकाे व्यापार करिब २ हजार हाराहारी हुने गरेको तथ्यांक खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तथ्यांक छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बर्सेनि दसैंमा मात्रै करिब २ हजार खसीबोका र च्यांग्राको व्यापार गर्दै आएको छ। यो संख्याका खसीबोका र च्यांग्राको व्यापार काठमाडौं उपत्यकामा खाद्य कम्पनीले मात्रै आएको हो।
दर्जन बढी निजी व्यवसाय तथा उपत्यका नजिक जिल्लाका व्यक्तिले खसीबोका तथा च्यांग्राको व्यापार गर्ने गरेका छन्। उनीहरुको यकिन तथ्यांक पाउन मुस्किल छ। कम्पनीको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने १४ सयदेखि २२ सय खसीबोका र च्यांग्राको व्यापार भएको छ। यो खसीबोका र च्यांग्राको व्यापार दसैंतिहारमा काठमाडौंमा मात्रै भएको खाद्यका सूचना अधिकारी माधव मिश्र बताउँछन्।
उनले कम्पनी मूल्यमा एकरुपता ल्याउन मात्रै १४ सयदेखि २२ सय वटा खसीबोका र च्यांग्र्रा व्यापार गरिँदै आएको बताए। खाद्यले बिक्री गर्ने मूल्यको आसपास अन्यले खसीबोका र च्यांग्रा बिक्री गर्ने गरिएको उनले दाबी गरे। ‘हामीले मूल्य नियन्त्रणका लागि खसीबोका र च्यांग्राको व्यापार गर्दै आएका छौं,’ उनले भने।
खाद्यले गत वर्ष प्रतिकेजी खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० मा बिक्री खुला गरेको थियो। यस्तै, च्यांग्रा प्रतिकेजी एक हजार २३० मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर १ हजार २२० मा बिक्री गरिएको थियो।
-1758347419-1758957820.jpg)
भदौ २३ र २४ का जेनजी आन्दोलनका कारणले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दसैंमा खसीबोका र च्यांग्र्रा बिक्री गर्न असमर्थ भएको छ। यो दसैंका लागि १ हजार ५ सय खसीबोका र ३ सय च्यांग्रा बिक्री हुने लक्ष्य राखिए पनि उपत्यकामा दसैंका लागि खसीबोका तथा च्यांग्रा आपूर्ति गर्न नसकेकाले खाद्य कम्पनी बिक्री गर्न असमर्थ भएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार जिल्लाका फर्ममा खसीबोका तथा च्यांग्र्रा आपूर्तिका लागि समन्वय गरिए पनि अहसज परिस्थितिका कारण ल्याउन सकिएको छैन। कम्पनीले भदौ १७ देखि दसैंका लागि खसीबोका र च्यांग्र्राको अनलाइन बुकिङ खुला गरेको थियो।
च्यांग्राका लागि एउटाको ५ हजार र खसीबोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लिएर बुकिङ खुला गरिएको थियो। तर, अब सो रकम खाद्यले फिर्ता गर्ने अधिकृत रमेश आचार्यले बताए।
