पोखरा। हस्पिटालिटि क्षेत्रमा आठ वर्ष देखि उत्कृष्ट सेवा दिदै आएको होटल मिस्टिक माउण्टेनले आफनो सेवा पोखरामा शुरु गरेको छ।
यसअघि नगरकोटबाट सेवा दिइरहेको होटल मिस्टिक माउण्टेनलाई हिली भ्याली प्रा.लि.ले फ्रेन्चाइचका रुपमा पर्यटकीय राजधानी पोखरामा ल्याएको हो। फेवाताल छेउमा अवस्थित होटलबाट पोखराका रमाणिय क्षेत्रहरुको दृश्यावलोकन गर्न पाइन्छ।
प्राकृतिक हरियाली र स्वच्छ वातावरणमा बस्न चाहाने पाहुनाका लागि होटल उपयुक्त रहेको होटेल मिस्टिक माउण्टेनका सेल्स एण्ड मार्केटिङ म्यानेजर अमिता श्रेष्ठले बताए।
विशेष गरि पोखरा आउने पर्यटकहरु प्रकृतिसँग रम्न आउने भएकाले त्यसलाई मध्यनजर गर्दै पोखराको सेदीमा होटल संचालनमा ल्याएको उनले बताए।

नगरकोटमा उत्कृष्ट सेवा दिँदै आएको होटलले पोखरा जस्तो पहिलो रोजाईको गन्तव्यमा सेवा दिन पाउनु आफूहरुका लागि खुसी र गौरवको कुरा भएको श्रेष्ठले भनाइ थियो। हजारौँ सन्तुष्ट ग्राहकहरुका लागि अब पोखरामा पनि होटलले सेवा प्रदान गर्ने जनाएको छ।
स्वदेशी एवम् विदेशी पर्यटकका लागि गुणस्तरीय र सन्तुष्ट सेवा दिने लक्ष्यका साथ पोखरा पनि सेवा शुरुको चारतारे सुविधायुक्त होटलमा पाहुनाका लागि सराङकोटसम्म जानका लागि केवलकारको सुविधा, जिमहल, स्टिम, साउना, कन्र्फेन्स हल, स्वीमिङ पुल लगायतको सुविधा रहेका छन्।
पर्यटकिय लेकसाइडमा शुरु भएको मिस्टिक माउण्टेनमा हाल ६० वटा स्वीट रुमहरु रहेका छन्। व्यवसायीहरु मनमोहन कृष्ण श्रेष्ठ, कमल बान्सकोटा र सागर गुरुङ संचालकका रुपमा रहेका छन्।
पोखराको लेकसाइडदेखि होटलसम्म आउनजान पाहुँनाका लागि होटलले यातायातको सुविधासमेत दिएको छ। होटलको औपचारिक शुभारम्भ भएसँगै केही समयका लागि छुट दिइने जनाएको छ।