काठमाडौं। हालसम्म ९ हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरित गर्ने लाभांश घोषणा गरेका छन्।
युनिभर्सल पावर, भगवती हाइड्रोपावर, माउन्टेन इनर्जी, मिड सोलु हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, अरुण भ्याली, सेञ्चुरी इनर्जी, सिंगटी हाइड्रो इनर्जी, हिल्टन हाइड्रो इनर्जीले लाभांश घोषणा गरेका हुन्। लाभांश घोषणा गरेका कम्पनीमध्ये सेञ्चुरी इनर्जीले लगानीकर्तालाई सर्वाधिक लाभांश दिएको छ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्नेछ। कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
यस्तै, मिड सोलु हाइड्रोले बोनस र कर प्रयोजनसहित १५ दशमलव ७८९ प्रतिशत लाभांश, सिक्लेस हाइड्रोपावरले १५ दशमलव ७८९ प्रतिशत, अरुण भ्यालीपावरले ८ दशमलव ४२१ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीले ५ प्रतिशत बोनस सेयर, हिल्टन हाइड्रो इनर्जीले ५.२६३ प्रतिशत नगद लाभांश वितरण गरिने घोषणा गरेको छ।
यस्तै, युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश, भगवती हाइड्रोले कुल २० प्रतिशतमध्ये १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६ प्रतिशत, माउन्टेन इनर्जीले कर प्रयोजनसहित कुल २१.०५२६ प्रतिशत गर्नेछ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ मा बुक क्लोजको मिति घोषणा गरेको छ।