काठमाडौं। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले शोरुम र सर्भिस नेटवर्कलाई तीव्र गतिमा विस्तार गरेको छ। कम्पनीले मंगलबारदेखि भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याएको हो।
भक्तपुर शाखा सञ्चालनसँगै आगामी हप्तादेखि थप तीन सहर वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा आधिकारिक रूपमा नयाँ सोरुम शुभारम्भ गरिने जगदम्बा मोटर्सले जनाएको छ।
यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ वटा स्थानहरूबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो। अब ग्राहकहरूले हालै सञ्चालनमा आएको भक्तपुर शाखाका साथै देशभरका अन्य शाखाबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भार (सेल्स र सर्भिस) सम्बन्धी सम्पूर्ण सेवाहरू सहज रूपमा लिन सक्नेछन्।
भक्तपुरको यो नयाँ शोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ। नेपालमा ग्राहक–केन्द्रित भई अग्रणी विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा महत्त्वपूर्ण योगदान पु¥याउने लक्ष्यसहित शोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्रोटोन ब्रान्डप्रति ग्राहकको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ प्रोटोनको उत्पादन तथा सेवाको सहजै पहुँच पु¥याउन सेवा शाखा विस्तार अभियान अघि बढाइएको हो।
जगदम्बा मोटर्सले सन् २०१८ बाट नेपाली ग्राहकमाझ प्रोटोन ब्रान्डका नयाँ सवारीसाधन आधिकारिक रूपमा बिक्री गर्दै आएको छ। मलेसियाको अग्रणी राष्ट्रिय सवारी ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारीमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ।
हाल प्रोटोन ईमास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ। यस ब्रान्डले नेपाललगायतका अन्तर्राष्ट्रिय बजारमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ।