काठमाडौं। 'एथर के सक्षम छ?' भन्ने धारणा बदल्ने ऐतिहासिक यात्रा सम्पन्न भएको छ। भारतको गोवाबाट आएका दुई राइडरहरूले एथर ४५० विद्युतीय स्कुटरमा नेपालसम्मको यात्रा पूरा गरी यसको जवाफ दिएका हुन्। उनीहरूले ६ हजार किलोमिटरभन्दा बढी दूरी पार गरेको हो।
यो यात्रालाई 'एसिया बुक अफ रेकर्ड'मा दर्ता गर्ने योजनाअनुसार दुई महत्वपूर्ण कीर्तिमान हासिल गर्ने लक्ष्य राखिएको छ। जसमा एक व्यक्तिद्वारा गरिएको सबैभन्दा लामो इलेक्ट्रिक स्कुटर यात्रा र पहिलो पटक सम्पन्न भएको क्रस कन्ट्री इलेक्ट्रिक स्कुटर यात्रा समावेश हुनेछ।
यो यात्रासँगै प्रविधिमाथिको विश्वास, चार्जिङ पूर्वाधारमाथिको भरोसा र वास्तविक सडक अवस्थाका लागि भारतमै बनेको उत्पादनमाथिको विश्वास बढेको छ।
स्कुटरमा एथर
आज पनि धेरै राइडरहरूका लागि इलेक्ट्रिक स्कुटर रोज्दा सबैभन्दा ठूलो चिन्ता भनेकै रेन्ज एङ्जायटी र चार्जिङको असहजता हो। यो यात्राले ती शंकाहरूलाई विज्ञापन वा दाबीमार्फत होइन, प्रत्यक्ष अनुभवमार्फत सम्बोधन गरेको छ।

९ जनवरीमा गोवाबाट सुरु भएको यात्रामा राइडरहरूले गोवा, गोरखपुर, बुटवल, चितवन हुँदै काठमाडौसम्मको मार्ग तय गरेको थियो। यस क्रममा उनीहरूले विभिन्न भू-भाग, लामो राजमार्ग, अन्तरदेशीय सीमा र वास्तविक चार्जिङ अवस्थाहरूको सामना गरे।
समुदाय जोड्ने यात्रा
यो यात्रा सडक र कीर्तिमानभन्दा पनि गहिरो उद्देश्य बोकेको थियोऽ सिमाना पार गरेर एथर समुदायलाई जोड्ने। भारत हुँदै नेपाल प्रवेश गर्ने क्रममा दुई देशबीचको एथर प्रयोगकर्ताबीच अर्थपूर्ण भेटघाट र संवाद सिर्जना गरेको थियो।
यसले ईभी प्रयोगकर्ताहरूबीच विश्वास, अपनत्व र इलेक्ट्रिक मोबिलिटीप्रतिको साझा विश्वासलाई अझ बलियो बनाएको छ। यी वास्तविक, अस्क्रिप्टेड र प्रामाणिक ग्राहक अनुभवहरू यस यात्राको केन्द्र बने।
भारतमा निर्माण-विश्वभर विश्वास
यस यात्रामा प्रयोग गरिएको एथर ४५० भारतमै डिजाइन, इन्जिनियर र निर्माण गरिएको स्कुटर हो। विभिन्न देश, मौसम र सडक पार गर्दै यो यात्राले प्रयोगकर्ताहरूले दैनिक रूपमा अनुभव गर्दै आएको सत्यलाई अझ मजबुत बनाएको छ।
एगर केवल एउटा ईभी ब्रान्ड होइनस यो दीर्घकालीन भरोसा, प्रदर्शन र विश्वसनीयताको सहयात्री बनेको छ। काठमाडौं प्रवेश गर्दा यी दुई राइडरहरूले केवल एउटा यात्रा पूरा गरेका थिएनन्।