काठमाडौं। पछिल्लो ६ वर्षमा विद्युतीय सवारीसाधन (ईभी) को बिक्री हिस्सा ८ गुणाले बढेसँगै नेपाल विश्वकै दोस्रो ईभी बजारका रूपमा उदाएको छ। छोटो समयमै बढ्दो ईभी प्रयोगले विश्वको ध्यान नेपालमा खिचिरहेको रहेको मात्रै छैन, विभिन्न प्रतिष्ठित ब्रान्ड उपस्थिति पनि एकपछि अर्को हुँदै प्रतिस्पर्धी भइरहेको छ।
चार र दुईपाग्रे सवारीको बढ्दो प्रवेशका भारतीय बजारमा स्थापित ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले दुईपांग्रे ब्रान्ड एम्पियरले नेपाली बजारमा पुनरागमन गरेको छ। विगतका अनुभवबाट पाठ सिक्दै कम्पनीले गुणस्तरीय प्रविधि, दीर्घकालीन ब्याट्री र ग्राहक सेवालाई बलियो बनाउने प्रतिबद्धतासहित नेपाली बजारमा पुनः प्रवेश गरेको हो।
नेपालको भौगोलिक बनाबट र बढ्दो विद्युतीय सवारीप्रतिको आकर्षणलाई आधार मानेर कम्पनीले आफ्नो रणनीति अघि बढाएको जनाएको छ। उच्च तथा न्यून तापक्रममा पनि प्रभावकारी रूपमा काम गर्न सक्ने लिथियम फेरो फस्फेट ब्याट्री, कम सञ्चालन खर्च र घरमै सहज रूपमा चार्ज गर्न सकिने सुविधा यसका मुख्य विशेषता हुन्।
एम्पियरको मुख्य प्रतिस्पर्धा इन्धनबाट चल्ने सवारीसाधनसँग हो। विद्युतीय सवारी सञ्चालन खर्च इन्धन सवारीको तुलनामा करिब ४० प्रतिशत कम छ। यसमा डुअल–फ्रेम चेसिस, अलोय ह्वील, डिस्क ब्रेक, अल एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटीजस्ता सुविधा छन्, जसले सवारी अनुभवलाई उत्कृष्ट बनाएको कम्पनीको भनाइ छ।
कम्पनीले पुराना ग्राहकका गुनासा समाधान गर्न विशेष सेवा अभियान सञ्चालन गर्ने तथा बजारको आवश्यकताअनुसार थप मोडेल भित्र्याउने योजनासमेत सार्वजनिक गरेको छ।
-1772260287.jpg)
‘एम्पियर’ ब्रान्ड उत्पादक ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले १७ वर्षदेखि भारतीय बजारमा विद्युतीय सवारी उत्पादन गर्दै आएको छ। भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव भएको ग्रीभ्स मोबिलिटीले उत्पादन गरेको एम्पियर ब्रान्डका स्कुटरको आधारिक वितरकको रुपमा एसटीसी ग्रुपको सहायक कम्पनी एसटीसी अटो सोलुसन हो। कम्पनीले एम्पीएरको दुई नयाँ मोडल आयात गरी बिक्री सुरु गरेको छ।
ग्रीभ्स मोबिलिटीका प्रबन्ध निर्देशक विकाश सिंहका अनुसार नेपालको भौगोलिक बनावट र बढ्दो ईभी मोहका कारण यो बजार कम्पनीको प्राथमिकतामा परेको हो। ‘नेपाल हाम्रा उत्पादनका लागि उपयुक्त बजार हो, जुन अत्यन्त छिटो गतिमा बढिरहेको छ,’ सिंहले भने, ‘यहाँको भौगोलिक बनावट हाम्रा उत्पादनहरूका लागि धेरै उपयुक्त छ। हामीले एउटा उत्पादन बजारमा ल्याइसकेका छौं।’ भविष्यमा अझै धेरै उच्चस्तरीय आवश्यकता पुरा गर्ने उत्पादन ल्याउने उनको भनाइ छ।
‘हामीले नेपाली बजारलाई एकदमै महत्त्व दिएकाले सफलता पाउन जे पनि गर्न तयार छौं,’ उनले भने। एम्पियरले नेपालमा आफ्नो पुनः प्रवेशलाई ‘दोस्रो इनिङ्स’ को रूपमा व्याख्या गरेको छ। एम्पियरको यो दोस्रो ‘इनिंग्स’ हो। कहिलेकाहीँ इतिहासलाई पछाडि छोडेर अगाडि बढ्नु राम्रो हुने भएकाले यदि विगतमा कुनै ग्राहकलाई समस्या भएको थियो भने त्यसलाई कम्पनीले सम्बोधन गर्ने प्रतिबद्धता उनले गरे।
भारतमा सन् २००८ देखि नै विद्युतीय सवारीको विकासमा लागेको यो कम्पनीले विगत १७ वर्षदेखि निरन्तर आफ्नो प्रविधिलाई परिस्कृत गर्दै आएको छ। ग्रीभ्स १६५ वर्षको इन्जिनियरिङ अनुभव भएको समूहले उत्पादन गरेकाले एम्पियरलाई अन्य स्टार्टअप ब्रान्डभन्दा बलियो र विश्वसनीय बनाएको छ।
ग्रिभ्स मोबिलिटीको व्यापार वृद्धि
भारतमा वार्षिक ६० प्रतिशतभन्दा बढीको वृद्धिदर हासिल गरिरहेको यो कम्पनी अहिले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) ल्याउने तयारी छ। नेपालमा हाल एउटा उत्पादन सार्वजनिक गरिए पनि भविष्यमा यहाँको भूगोल र आवश्यकताअनुसार अझै उच्च स्तरका मोडल ल्याउने योजना रहेको प्रबन्ध निर्देशक सिंहले जानकारी दिए।
‘व्यक्तिगत रूपमा नेपालमा आइरहने भएकाले यहाँको भूगोलसँग परिचित छु, त्यसैले यहाँका लागि कस्ता उत्पादन चाहिन्छ भन्ने राम्रोसँग थाहा छ,’ उनले थपे। कम्पनीले मूल्यभन्दा पनि ‘भ्यालु’ र गुणस्तरमा विश्वास गर्ने बताउँदै नेपाली ग्राहकलाई उत्कृष्ट सेवा अनुभव दिने प्रतिबद्धता जनाएको छ।
दुईपांग्रे तथा तीनपांग्रे ईभी उत्पादन गर्दै आएको ग्रीभ्स मोबिलिटीको व्यापार गत वर्षको तुलनामा बढ्दै गएको छ। दुईपांग्रे र तीनपांग्रे ईभी सेग्मेन्टमा ठूलो बजार हिस्सा ओगटेको छ। ‘हाम्रो दैनिक बिक्री दर पनि निकै राम्रो छ। अब हामीले आईपीओ ल्याउने तयारी पनि गरेका छौं,’ उनले भने, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध छौं।’
-1772260313.jpg)
एम्पियरका उत्पादनमा केही विशेष सबल पक्ष छन्। यसमा प्रयोग गरिएको लिथियम फेरो फस्फेट (एलएफलपी) ब्याट्री प्रविधि ठूलो सकारात्मक पक्ष हो। ग्रीभ्स मोबिलिटीकोे शतप्रतिशत पोर्टफोलियोमा यही प्रविधि प्रयोग गरिएको सिंहले जानकारी दिए।
एलएफलपी ब्याट्री माइनस ४० देखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा काम गर्न सक्छ। नेपालजस्तो ठाउँका लागि यो निकै उपयोगी छ। ‘यो ब्याट्रीको आयु साधारण ब्याट्रीभन्दा दोब्बर हुन्छ। यदि साधारण ब्याट्रीले १००० साइकल दिन्छ भने यसले २००० साइकल दिन्छ।’
उनकाअनुसार ‘एम्पियर नेक्सस’ १३,२०० फिट उचाइमा रहेको ‘सिपकी ला’ पास पार गर्ने पहिलो स्कुटर हो, जसले यसको प्रविधि कति भरपर्दो छ भन्ने पुष्टि गर्छ। मूल्य र प्रतिस्पर्धामा एम्पियरले बजारलाई इन्ट्री, भ्यालु र प्रिमियम तीन भागमा विभाजन गरेको छ। यसले सस्तो मूल्यमा पनि गुणस्तरीय अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य प्रस्ट पार्छ।
ग्रीभ्स मोबिलिटीले यसलाई ग्राहकको अवस्थालाई दृष्टिगत गर्दै इन्ट्री लेभलका स्कुटर ८० हजार (भारु) मुनि दोस्रोमा ८० हजारदेखि १ लाख भारुसम्म र प्रिमियममा १ लाख भारु माथिका स्कुटर उपलब्ध छ। कम्पनीले तीनै क्षेत्रमा बलियो उपस्थिति रहेको जनाएको छ। कम्पनी ग्राहकलाई उत्कृष्ट भ्यालु दिन विश्वास गर्छ।
एम्पियरको मुख्य प्रतिस्पर्धा इन्धनबाट चल्ने सवारीसाधनसँग हो। विद्युतीय सवारी सञ्चालन खर्च इन्धन सवारीको तुलनामा करिब ४० प्रतिशत कम छ। यसमा डुअल–फ्रेम चेसिस, अलोय ह्वील, डिस्क ब्रेक, अल एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटीजस्ता सुविधा छन्, जसले सवारी अनुभवलाई उत्कृष्ट बनाएको कम्पनीको भनाइ छ।
चार्जिङ सुविधामा कम्पनीले प्रयोगकर्तालाई सहज अनुभव दिने उपाय अपनाएको छ। घरको सामान्य १५ एम्पियरको प्लगबाट साढे ३ साढे ४ घन्टामा शून्यबाट ८० प्रतिशत चार्ज गर्न सकिने भएकाले यसले छुट्टै चार्जिङ स्टेसनको झन्झट हटाएको कम्पनीले जनाएको छ।