काठमाडौं। चिनियाँ अटो निर्माता कम्पनी ग्रेटवाल मोटर्सले ब्राजिलको एस्पिरितु सान्तो राज्यमा वार्षिक २ लाख सवारी उत्पादन क्षमताको नयाँ उत्पादन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। यो घोषणा फेब्रुअरी २४ मा ग्रेटवाल मोटर्स (जीडब्लुएम)का अधिकारी र एस्पिरितु सान्तो राज्य सरकारका प्रतिनिधिबीच भएको भेटवार्ताका क्रममा गरिएको हो।
नयाँ कारखाना अराक्रुज इन्डस्ट्रियल पार्कको बारा डो रियाचो क्षेत्रमा अवस्थित हुनेछ, जसले करिब १७ लाख वर्गमिटर क्षेत्र ओगट्नेछ। एस्पिरिटो सान्तो राज्यका विकास सचिव रोजेरियो सालुमेका अनुसार यस सुविधामा स्ट्याम्पिङ, वेल्डिङ, पेन्टिङ र एसेम्बली सहितको पूर्ण उत्पादन लाइन हुनेछ।
परियोजनाले निर्माण चरणमा करिब १ हजार ५०० देखि ३ हजार ५०० रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।कारखाना सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० हजारसम्म रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।
ग्रेटवाल मोटर्सबाहेक बिवाईडी, चेरीजस्ता अन्य प्रमुख चिनियाँ अटो कम्पनीले पनि ब्राजिलमा उत्पादन आधार स्थापना गरेका छन्। सन् २०२५ मा ब्राजिलको अटोमोबाइल बजारमा उत्पादन र बिक्री दुवै २५ लाख युनिटभन्दा बढी पुगेको छ।
यसले क्षेत्रीय अर्थतन्त्रलाई टेवा पुर्याउनुका साथै अटोमोबाइल आपूर्ति शृंखला र सेवा उद्योगको विकासमा योगदान पुर्याउनेछ। यो घोषणा जनवरीमा एस्पिरितु सान्तोका उप–गभर्नर रिकार्डो फेर्रासोले चीन भ्रमण गरी ग्रेटवाल मोटर्सका अधिकारीहरूसँग भेटघाट गरेर लगानी प्रतिबद्धता सम्झौतामा हस्ताक्षर गरेपछि आएको हो।
फेर्रासोका अनुसार ग्रेटवाल मोटर्सले ब्राजिलमा १० अर्ब ब्राजिलियन रियाल (करिब २ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको छ। ग्रेटवाल मोटर्सका संस्थागत मामिला निर्देशक रिकार्डो बास्टोसले देशव्यापी मूल्यांकनपछि एस्पिरितु सान्तोलाई छनोट गरिएको स्पष्ट पारे।
ग्रेटवाल मोटर्सले ब्राजिलमा स्थानीय उत्पादन अगस्ट २०२१ मा सुरु गरेको थियो, जब कम्पनीले साओ पाउलो राज्यको इरासेमापोलिसस्थित मर्सिडिज–बेन्जको कारखाना सम्पत्ति खरिदमार्फत अधिग्रहण गरेको थियो।
उक्त कारखानाले अगस्ट २०२५ देखि औपचारिक रूपमा उत्पादन सुरु गरेको छ र यो ग्रेटवाल मोटर्सको विश्वव्यापी रूपमा तेस्रो ठूलो उत्पादन केन्द्र हो, जसको प्रारम्भिक वार्षिक क्षमता ५० हजार सवारी रहेको छ। यो प्लान्टले हाइब्रिड, प्लग–इन हाइब्रिड र डिजेल सवारी एउटै उत्पादन लाइनमा उत्पादन गर्न सक्ने कम्पनीको भनाइ छ।

ग्रेटवाल मोटर्सबाहेक बिवाईडी, चेरीजस्ता अन्य प्रमुख चिनियाँ अटो कम्पनीले पनि ब्राजिलमा उत्पादन आधार स्थापना गरेका छन्। सन् २०२५ मा ब्राजिलको अटोमोबाइल बजारमा उत्पादन र बिक्री दुवै २५ लाख युनिटभन्दा बढी पुगेको छ, जसले उदीयमान बजारमध्ये उत्कृष्ट प्रदर्शन गरेको देखाउँछ र चिनियाँ अटो कम्पनीको वैदेशिक विस्तारका लागि प्रमुख गन्तव्य बनेको छ।
सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ब्राजिलमा बिक्री भएका कुल प्यासेन्जर कारमध्ये ११ प्रतिशत हिस्सा चिनियाँ गाडीले ओगटेका छन्। बिवाईडी र ग्रेटवालजस्ता ब्रान्ड ब्राजिल प्रवेश गरेको चार वर्ष नपुग्दै सन् २०२५ मा चिनियाँ ब्रान्डले कुल २ लाख ६० हजारभन्दा बढी गाडी बिक्री गर्ने प्रक्षेपण गरिएको छ।