काठमाडौं । मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) सबैभन्दा बढी योगदान बागमती प्रदेशको रहेको छ । बागमतीको मुलुकको कुल जीडीपीमा ३५.८४ प्रतिशत योगदान रहेको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।
विभागले प्रादेशिक जीडीपी विवरण सार्वजनिक गर्दै सबैभन्दा बढी बागमती प्रदेशको देखाएको हो । बागमती बाहेक ६ ओटा प्रदेशको जीडीपीमा मुख्य योगदान कृषि क्षेत्रको छ ।
बागमतीको जीडीपी उपभोत्ता मूल्यमा १३ खर्ब ५० अर्ब रुपैयाँ रहेको विभागको अनुमान छ । देशको जीडीपीको आकार बढेर ३७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । बागमतीको जीडीपी यो वर्ष घटेर १.८१ प्रतिशतमा संकुचन हुने विभागको अनुमान छ । बागमतीको जीडीपीमा खुद्रा तथा थोक व्यापारको सबैभन्दा बढी योगदान रहेको छ ।
जीडीपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको देखिएको छ । यस प्रदेशको जीडीपीमा ४.२७ प्रतिशत मात्र योगदान रहेको छ । कर्णालीको जीडीपी १ खर्ब ६१ अर्ब रुपैयाँ पुग्ने अनुमान विभागको छ । कर्णालीको जीडीपी घटेर ३.५८ प्रतिशतमा संकुचन हुने देखिएको छ । कर्णालीमा सबैभन्दा बढी योगदान कृषिको छ ।
दोस्रोमा प्रदेश नम्बर १ रहेको छ । उसको जीडीपीमा १५.८२ प्रतिशत योगदान रहेको छ । प्रदेश नम्बर १ को जीडीपी उपभोत्ता मूल्यमा ५ खर्ब ४४ अर्ब रुपैयाँ छ । गत वर्ष ७.४० प्रतिशत रहेको जीडीपी वृद्धि यो वर्ष घटेर ३.४१ प्रतिशतमा सीमित हुने विभागको अनुमान छ । यो प्रदेशमा पनि कृषिको सबैभन्दा बढी योगदान रहेको छ ।
प्रदेश नम्बर २ मा १३.७८ प्रतिशत योगदान रहने भएको छ । प्रदेश नम्बर २ को जीडीपीको आकार उपभोक्ता मूल्यमा ५ खर्ब १९ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । प्रदेश २ को जीडीपीको यो वर्ष घटेर २.२८ प्रतिशतमा सीमित रहने छ । यस्तै गण्डकी प्रदेशको जीडीपीमा ८.९० प्रतिशत छ ।
गण्डकीको जीडीपीको आकार बढेर ३ खर्ब ३५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ । गण्डकीको जीडीपी घटेर २.६८ प्रतिशत मात्र हुने अनुमान गरिएको छ । गण्डकीमा कृषिमा सबैभन्दा बढी योगदान छ ।
प्रदेश नम्बर ५ को जीडीपी १४.१८ प्रतिशत हुने छ । जीडीपीको आकार उभोत्ता मूल्यमा ५ खर्ब ३४ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । ५ नम्बर प्रदेशको जीडीपी पनि घटेर २ प्रतिशतमा संकुचन हुने देखिएको छ । जीडीपीमा कृषिको योगदान सबैभन्दा बढी छ ।

सुदुरपश्चिमको जीडीपीमा ७.२१ प्रतिशत योगदान छ । सुदुरपश्चिमको जीडीपी २ खर्ब ७२ अर्ब रुपैयाँ पुग्ने अनुमान विभागको छ । सुदुरपश्चिमको जीडीपी ४ घटेर ४ प्रतिशतमा सीमित हुने अनुमान छ । यो प्रदेशमा पनि सबैभन्दा बढी योगदान कृषिको छ ।
औद्योगिक वर्गिकरणअनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक वर्षमा बागमती प्रदेश बाहेक सबैमा कृषिको योगदान बढी देखिएको छ । बागमतीमा थोक तथा खुद्रा व्यापारको योगदान बढी देखिनुमा शहरीकरण, बढी जनसंख्या र राष्ट्रिय तहका ठुला व्यापारी कारोबार हुनु मुख्य कारण रहेको विभागको भनाई छ ।
चालु आर्थिक वर्षको ६ देखि ८ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका साथै बाँकी अवधिको विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट जोगाउन गरिएका प्रयासबाट आर्थिक क्रियाकलापमा पर्न गएको नकरात्मक असरलाई समेत मध्यनजर गर्दै चालु आर्थिक वर्षको उत्पादनको प्रारम्भीक अनुमान गरिएको विभागले जनाएको छ ।
तथ्याङ्कका आधारमा चालु वर्षमा बस्तु तथा सेवाको उत्पादनको अनुमान सूचकहरू तयार गर्दा होटल तथा रेष्टुरेण्ट र आन्तरिक यातायात क्षेत्र यस आर्थिक वर्षको अन्त्यसम्ममा अत्याधिक प्रभावित हुने र अन्य क्षेत्रकाआर्थिक गतिविध जेठबाट क्रमशः सुधार हुने विश्वास गरिएको विभागले जनाएको छ ।