काठमाडौं। नेपालका लागि जिली इएक्स ५ को आधिकारिक आयातकर्ता तथा विक्रेता एलआरआर मोटर्सले वर्षको सुरुआतमै २०२६ मोडलको जिली इएक्स ५ सार्वजनिक गर्दै नेपाली अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड स्थापित गरेको छ। सामान्य बजार समय–तालिकाभन्दा निकै अगावै नयाँ मोडल सार्वजनिक हुनु कम्पनीका लागि उल्लेखनीय उपलब्धि भएको एलआरआर मोटर्सले जनाएको छ।
नेपालमा अधिकांश अटोमोबाइल आयातकर्ताहरूले नयाँ मोडलका सवारीसाधन प्रायः वर्षको मध्यतिर सार्वजनिक गर्ने प्रचलन रहँदै आएको अवस्थामा, एलआरआर मोटर्सले २०२६ सालको पहिलो महिनामै २०२६ मोडलको जिली इएक्स ५ नेपाली बजारमा उपलब्ध गराउन सफल भएको हो। यसले नेपाली उपभोक्तालाई नवीनतम विश्वस्तरीय अटोमोबाइल प्रविधिमा समयमै पहुँच दिलाउने कम्पनीको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ।
जिली इएक्स ५ खरिद गर्ने योजना बनाइरहेका ग्राहकहरूका लागि यो खबर सकारात्मक मानिएको छ। अपेक्षाभन्दा चाँडै नयाँ मोडल उपलब्ध हुँदा ग्राहकहरूले अद्यावधिक प्रविधि, उच्च पुनःबिक्री मूल्य र भविष्य–मैत्री ड्राइभिङ अनुभव प्राप्त गर्ने कम्पनीको दाबी छ।
२०२६ मोडलको जिली इएक्स ५ मा इनबिल्ट एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ। स्मार्टफोनसँग सहज रूपमा एकीकृत हुने यी सुविधाले नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन प्रणालीलाई सुरक्षित र सहज बनाउँदै समग्र ड्राइभिङ अनुभवलाई थप सशक्त बनाएको छ। तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा यसले जिली इएक्स ५ लाई प्रविधिमा अग्रणी इलेक्ट्रिक एसयूभीको रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले नेपाली ग्राहकहरूलाई ढिलाइ नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु सदैव प्राथमिकता रहेको बताए।
‘इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधासहितको नयाँ जिली इएक्स ५ ले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी र दीर्घकालीन मूल्य प्रदान गर्नेमा हामी विश्वस्त छौं।’ प्रमुख श्रेष्ठले भने ‘प्रारम्भिक सार्वजनिकरणले ग्राहकहरूलाई पुरानो वा आउटगोइङ मोडल खरिद गर्नुपर्ने अवस्थाबाट जोगाउँछ’। एलआरआर मोटर्सलाई बजार समयतालिकाभन्दा अघि रहँदै ग्राहकको अपेक्षा पूरा गर्न सक्ने अग्रणी ब्रान्डका रूपमा स्थापित गर्ने उनको दाबी छ।
समयमै गरिएको सार्वजनिकरण, प्रविधिगत नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेको रणनीतिसँगै एलआरआर मोटर्सले नेपाली अटोमोबाइल बजारमा अग्रगामी अटोमोबाइल कम्पनीको रूपमा आफ्नो पहिचानलाई अझ सुदृढ बनाएको प्रमुख श्रेष्ठ बताउछन्।