काठमाडौं। यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुआत रहेको यामाहा नेपालले जनाएको छ।
अनावरण कार्यक्रममा हाइब्रिड प्रविधि र सहभागिताको महत्त्वलाई झल्काउने गरी रोबोट र मानिसको संयुक्त प्रस्तुति देखाइएको थियो भने यामाहाले अनुपविक्रम शाहीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको थियो। यसले ब्रान्डको बोल्ड, स्टाइलिस र प्रदर्शनमुखी पहिचानलाई अझ सुदृढ बनाएको छ।
कार्यक्रमको मुख्य आकर्षण एफजेड सिरिजबाट आएको हाइब्रिड मोटरसाइकलको अनावरण थियो, जुन सन् २००८ मा लन्च भएदेखि नै प्रदर्शन र सडक उपस्थितिका लागि परिचित मोडल हो। कम्पनीका अनुसार यामाहाले बलियो विरासतलाई निरन्तरता दिँदै प्रमाणित १४९ सिसी फ्युल–इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको उन्नत हाइब्रिड प्रणाली प्रस्तुत गरेको छ। यो नेक्स्ट–जेनेरेसन हाइब्रिड प्रणालीले परम्परागत दक्षताका अलावा थप क्षमता प्रदान गर्दछ।
साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्ट मार्फत उच्च गतिको एक्सेलेरेसन, सहज स्टार्ट–स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन उपलब्ध गराउँछ। विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरुवाती गति र कम स्पीडमा सहज पावर डेलिभरी प्रदान गर्छ, जसले नेपालजस्तो बदलिँदो यातायात आवश्यकताका लागि आधुनिक र व्यावहारिक समाधान दिन्छ। नेपालभर इन्धनको मूल्यका साथै ट्राफिक जामको समस्या पनि उत्तिकै बढ्दै गइरहेको अवस्थामा हाइब्रिड प्रविधिलाई दैनिक आवागमनका लागि अग्रगामी समाधानका रूपमा हेरिएको छ।
परम्परागत इन्जिनको विश्वसनीयतालाई स्मार्ट ब्याट्री–असिस्टेड पर्फर्मेन्ससँग संयोजन गरेर यस मोटरसाइकलले ६०ं किमि प्रतिलिटरभन्दा बढीको माइलेज, कम सञ्चालन खर्च तथा वातावरणमैत्री राइडिङ अनुभव प्रदान गर्दछ, जुन नेपालको विविधतायुक्त भू–भागका लागि अति उपयुक्त छ।
कार्यक्रममा कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘यो अनावरण नेपालमा यामाहाका लागि एक महत्त्वपूर्ण पाइला हो। हामी मोटरसाइकल सेग्मेन्टमा हाइब्रिड प्रविधि भित्र्याएर अझ स्मार्ट र जिम्मेवार प्रदर्शनतर्फ अघि बढिरहेका छौं। यामाहा नेपाली राइडरका लागि उन्नत विश्वस्तरीय प्रविधि ल्याउन प्रतिबद्ध छ।’
नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आरामलाई ध्यानमा राखेर विभिन्न सुविधा समावेश गरिएको छ। १३५ केजी तौलको हल्का संरचनामा बनेको यो बाइकले राम्रो एजिलिटी र पावर–टु–वेट अनुपात प्रदान गर्छ। यसमा सिंगल–च्यानल बोश एबीएस, २२० एमएम रियर डिस्क ब्रेक तथा चौडा रेडियल टायर प्रयोग गरिएको छ, जसले राम्रो पकड र स्थिरता दिन्छ। हाइब्रिड असिस्ट प्रणालीले यसको प्रतिक्रिया क्षमतालाई अझ बढाएको छ, जसले यसलाई साधारण मोटरसाइकलभन्दा फरक बनाउँछ।
अनावरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यामाहाले कार्यक्रम स्थलमा विशेष एक्सपिरियन्स जोन पनि तयार गरेको थियो, जहाँ उत्पादन प्रदर्शनीसँगै २००८ देखि २०२६ सम्मको एफजेड सिरिजको विरासत प्रस्तुत गरिएको थियो। प्रदर्शनसँगै यो मोटरसाइकलमा यामाहाको मौलिक डिजाइन शैली र आधुनिक सुविधा पनि समावेश छन्।
यसमा अलग–अलग हाई र लो बिम भएको एलइडी हेडलाइट, इन्टिग्रेटेड बडी साइडलाइट, दुई तहको सिट, परिष्कृत ध्वनिसहितको मिडसिप मफलर तथा इन्जिन अन्डर काउल समावेश गरिएको छ, जसले सुरक्षा र स्पोर्टी लुक दुवै बढाउँछ।
नेगेटिभ एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर र ई–२० फ्युल अड्याप्टिबिलिटी जस्ता आधुनिक सुविधाले यसको भविष्य–उन्मुख डिजाइनलाई अझ स्पष्ट बनाउँछ।
यामाहाको देशव्यापी नेटवर्कले ग्राहकको विश्वासलाई अझ मजबुत बनाएको बताइएको छ। नेपालभर रहेका १०० डिलरसिप, ९५ पूर्ण सेवा केन्द्र र ११७ आधिकारिक सेवा प्रदायक (एएसपी)मार्फत कम्पनीले भरपर्दो आफ्टर सेल्स सर्भिस, असली स्पेयर पाट्र्सको सहज उपलब्धता र सहज स्वामित्व अनुभव दिनेछ।