काठमाडौं। भारतीय अटो कम्पनीका अनुसार सन् २०२६ को पहिलो महिना जनवरीमा भारतीय बजारमा साढे ४ लाख प्यासेन्जर भेइकल (कार) बिक्री भएका छन्।
जनवरीमा सर्वाधिक बिक्री हुनेमा मारुती सुजुकी ब्रान्डको एसयूभी २ लाख ३६ हजार ९६३ युनिट बिक्री भएको छ। यो गत वर्षको जनवरीको तुलनामा १२ प्रतिशत बढी हो।
हुन्डाईले ७३ हजार १३७ युनिट कार बिक्री गरेर दोस्रो भएको छ। टाटा मोटर्सले ७० हजार २२२ युनिट सवारी बिक्री गरेको छ। बिक्री हिसाबले शिर्ष १० मा चार ब्रान्डका कार परेका छन्। मारुती, टाटा, महिन्द्रा र हुन्डाईका मोडल रहेका छन्। ६ वटा एसयूभी, दुई ह्याचब्याक, एउटा सेडान र एउटा एमपीभी रहेका छन्।
जनवरीमा टाटा नेक्सन सर्वाधिक बिक्री हुने कार बनेको छ। एक महिनामा नेक्सन २३ हजार ३६५ युनिट बिक्री भएको छ। यो आइसीई र ईभी दुवैको संख्या हो।
दोस्रोमा मारुती स्वीफ्ट डिजारे १९ हजार ६२९ युनिट, तेस्रोमा टाटा पन्च १९ हजार २५७ युनिट, चौथामा हुन्डाई क्रेटा १७ हजार ९२१ युनिट र पाँचौंमा मारुती एर्टिगा १७ हजार ८९२ युनिट रहेको छ।
छैटौंमा मारुती स्वीफ्ट १७ हजार ८०६, सातौंमा मारुती ब्रेजा १७ हजार ४८६, आठौंमा मारुती बलेनो १६ हजार ७८२, नवौंमा महिन्द्रा स्कर्पियो १५ हजार ५४२ र दसौंमा मारुती भिक्टोरियस १५ हजार २४० युनिट बिक्री भएको भारतीय अटो कम्पनीले बताएका छन्।