पोखरा। रोयल एनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा लन्च गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो।
विश्वका शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बिएस भीआई हन्टर ३५०, २०२५ संस्करण पोखराका शहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
मोटरसाइकलमा स्लिप असिस्ट क्लच, १६० एमएम ग्राउण्ड क्लियरेन्स, डुअल च्यानल एबीएस, एलईडी हेडलैम्प, सुधारिएको सीट र यात्रा नेभिगेटर जस्ता सुविधा समावेश छन्।
यसमा प्रयोग गरिएको ३४९ सीसी जे सिरिज इन्जिन ले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन्।

रोयल एनफिल्डका निर्देशक मेघ राज पौडेलले पोखरा जस्तो पर्यटन र एड्भेन्चरले भरिएको सहरका लागि हन्टर ३५० अत्यन्त उपयुक्त मोडेल हो। उनले पोखराको शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएका छन्। गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा हामी उत्साहित भएको बताए।
हन्टर ३५० को मूल्य
डुअल टोन- ४,९९,९०० रुपैयाँ।
सिङ्गल टोन- ४,९४,९०० रुपैयाँ।
पोखरा स्थित रोयल एनफिल्ड शोरुममा टेस्ट राइड तथा तत्काल डेलिभरी उपलब्ध छ।