काठमाडौं। नेपाली कांग्रेसले चुनावी घोषणा पत्रको रुपमा भिजन १० सार्वजनिक भएको छ।
जनकपुरमा चुनावी सभा गर्दै सभापति गगन थापाले सार्वजनिक गरेका हुन्। भिजन १० मा कांग्रेस भएर बाँच्ने नेपालदेखि समुन्नतिमा लम्किने नेपालसम्मको परिकल्पना छ ।
यी हुन्छ भिजन १०
१, कांग्रेसको भएर बाँच्ने नेपाल।
२, सपना देख्न सक्ने नेपाल।
३, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल।
४, पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल।
५, ओखती र ओत दिने नेपाल।
६, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल।
७, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल।
८, भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल।
९, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल।
१०, समुन्नतिमा लम्कने नेपाल।