काठमाडौं। नेकपा एमालेले ११ वटा आधारभूत विकासका कार्यक्रम र समृद्धिका २५ स्तम्भसहित चुनावी घोषणापत्र ल्याएको छ। चुनावपछिको मन्त्रिपरिषद बैठकबाट तत्काल निर्णय गरी आधारभूत कार्यक्रमहरुको काम थालनी गर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।
एमालेले निर्वाचनपछि आफू नेतृत्वको सरकार बने पहिलो मन्त्रिपरिषद्को बैठकबाट निःशुल्क इन्टरनेट डाटा, विद्यार्थीलाई निव्र्याजी २० लाखसम्म ऋण, २५ हजार न्युनतम पारिश्रमिक, २५ हजार ऋण मिनाहा, २० हजार प्रतिजन्म सुत्केरी पोषण भत्तालगायत ११ वटा लोकप्रियता कार्यक्रम आफ्नो पहिलो बैठकबाट समयसीमा किटान गरेर अघि बढ्ने एमालेको दाबी छ।
यता समृद्धिका २५ स्तम्भअन्तर्गत आधा दशकमा एक सय खर्ब र एक दशकमा दुई सय खर्ब अर्थतन्त्र, स्वदेशमै रोजगारी, स्वदेशमा काम, गतिशील गाउँ आधुनिक सहर आर्थिक विकासको नयाँ लहर, उद्योग क्षेत्रको विस्तार उत्पादनमा वृद्धि २० प्रतिशत योगदान, राष्ट्रको समृद्धि, आयात घटाउने निर्यात बढाउने भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने, आधुनिक खेती उन्नत व्यवसाय कृषिमै रोजगारी पर्याप्त आयलगायत २५ वटा कार्यक्रम आफ्नो पार्टीको घोषणपत्रमा उल्लेख गरेको छ।
घोषणा पत्रमा कृषिको उत्पादकत्वसँगै विद्युत उत्पादन सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको आर्थिक वृदिद्वारा अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब रुपैयाँ र १० वर्षमा दुई सय खर्ब रुपैयाँ पुर्याउने एमालेको घोषणा पत्रमा उल्लेख गरेको छ। उच्च आर्थिक वृद्धिबाट वार्षिक ४ लाख र सूचना प्रविधिको क्षेत्रसहित लक्षित रोजगार कार्यक्रमबाट थप एक लाख गरी वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने जनाएको छ।
वैदेशिक रोजगारीमा जानेका लागि चर्को ब्याजमा ऋण लिएर जानुपर्ने अवस्थाको अन्त्य हुनेछ। वैदेशिक रोजगारीमा जानेहरुलाई आवश्यक तालिम र प्रशिक्षणको व्यवस्था गर्ने एवं स्वदेश फर्केका र फर्कनेहरुलाई उनीहरुको सीपअनुसारका उद्यमहरु सञ्चालन गर्न सहयोग गर्ने एमालेले आफ्नो घोषणपत्रमा उल्लेख गरेको छ। यता भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन र जबर्जस्ती उठिबास लगाउने ज्यादती अन्त्य गर्न भूमि आयोगजस्ता संरचनामार्फत दीर्घकालीन समाधान खोज्ने नेकपा एमालेले सो घोषणा पत्रमाफर्त जनाएको छ।
यता कृषिततर्फ कृषि उत्पादनको परम्परागत संरचनालाई आधुनिक उद्यम व्यावसायमा रुपानतरण गर्ने तथा कृषि क्षेत्रको नीतिगत र कानुनी सुधार गर्ने एमालेले घोषणा पत्रमाफर्त जानकारी दिएको छ।
सहरलाई पुँजी प्रविधि सेवा र बजार विस्तारको आधार बनाउँदै गाउँलाई उत्पादन र श्रमको केन्द्रको रुपमा विकास गरी गाउँ र सहरको परिपूरक विकासमाफर्त समृद्धिको राष्ट्रिय अभियान सुरु गर्ने एवं सहरलाई राष्ट्रको छवि गरिमा र समृद्धिको इञ्जिनको रुपमा विकास गर्ने नीति रहेको एमालेले बताएको छ।
त्यस्तै, आर्थिक गतिविधितर्फ उत्पादनमूलक उद्योग, खानी विद्युत खानेपानी तथा निर्माण क्षेत्रको विस्तार गरी कूल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योग्दानलाई दोब्बर बनाउने घोषणा पत्रमाफर्त जानकारी दिएको छ। उच्च मनोबलका साथ निर्धक्क भएर उद्योग व्यवसाय सञ्चालन गरी राष्ट्रिय पुँजी निर्माणमा योगदान गर्ने सबै उद्योगी लगानीकर्ता र स्टार्टअप उद्यमीहरुको सुरक्षाको ग्यारेन्टीसहित सम्मान बढाउने एमालेको दाबी छ।
बढ्दो आयात निर्यातको असन्तुलनलाई मध्यनजर गर्दै एमालेले नेपालबाट उत्पादित वस्तुहरुको प्रवर्द्धन सम्भावना भएका नयाँ वस्तुहरुको पहिचान र उत्पादन, व्यापार तथा पारवहन पूर्वाधार विकास र आर्थिक कुटनीतिकका माध्यमबाट तीन वर्षमा निर्यात दोब्बर गर्ने तथा पाँच वर्षमा निर्यात तेब्बर गरी आयातको एक चौथाई अंश धान्ने बनाउने एमालेको दाबी छ।
यता कृषिततर्फ कृषि उत्पादनको परम्परागत संरचनालाई आधुनिक उद्यम व्यावसायमा रुपानतरण गर्ने तथा कृषि क्षेत्रको नीतिगत र कानुनी सुधार गर्ने एमालेले घोषणा पत्रमाफर्त जानकारी दिएको छ। आधुनिक मेसिन उपकरण र प्रविधिको प्रयोग गरेर उद्यमशील युवाहरुको सञ्चालन गर्ने नाफामुलक उद्योगको रुपमा कृषि व्यवसायको विकास गर्ने एमालेले घोषणा पत्रमाफर्त जानकारी दिएको छ।
कृषि उत्पादन मूल्य शृङखला प्रशोधन भण्डारण र बजार व्यवस्थापनको केन्द्रमा राखी सहकारीमाफर्त ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने उल्लेख छ।
पछिल्लो केही वर्षयता नेपालमा सहकारीको विषय निकै रोचक र पेचिलो बनिरहेको बेलामा यो क्षेत्रको समस्या समाधान गर्न सहकारीलाई सुशासन पारदर्शिता र सदस्य केन्द्रित प्रणालीमा आधारित सुरक्षित उत्पादनशील र विश्वास योग्य आर्थिक स्तम्भका रुपमा विकास गर्दै पुनः स्थापित गर्ने एमालेको दाबी छ।
कृषि उत्पादन मूल्य शृङखला प्रशोधन भण्डारण र बजार व्यवस्थापनको केन्द्रमा राखी सहकारीमाफर्त ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने उल्लेख छ। यता पर्यटनतर्फ पर्यटनको पूर्वाधार विकास बजार प्रवर्द्धन हवाई सेवा विस्तार आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरेर पाँच वर्षमा पर्यटक आगमन दोब्बर गर्ने तथा पर्यटन सेवाको गुणस्तर वृद्धि गर्दै पर्यटकको बसाइँ लामो बनाउने नीति रहेको छ।
विगत लामो समयदेखि सम्पन्न हुन नसकेको बबई भेरी, सुनकोशी मरिन, रानीजमरा कुलरिया, सिक्टा सिँचाइलगायतका आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने तथा प्रदेश र स्थानीय तहसमेतको सहकार्यमा आगामी पाँच वर्षभित्र थप तीन लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरी ७५ प्रतिशत पुर्याउने एमालेको दाबी छ।
गलत सूचना झुटा समाचार डीपेक, अल्गोरिदमिक पूर्वाग्रहमार्फत सत्यलाई विकृत बनाउँदै समाजलाई विभाजित गर्ने सार्वजनिक सेवा, वितीय क्षेत्र र राष्ट्रिय सुरक्षामा खलल उत्पन्न हुने अवस्थाको अन्त्य गर्ने एमालले जनाएको छ। पूर्वाधारतर्फ मुलुकभरका गाउँपालिकालाई सबै मौसममा चल्ने कम्तिमा एउटा सडकले जोड्ने तथा सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गमा जोडने एमालेको दाबी छ। यता उर्जा क्षेत्रतर्फ नेकपा एमालेले उत्पादन र प्रशारण तथा वितरण प्रणाली निर्माण गर्नका लागि राज्यको लगानी वृद्धि गर्ने तथा निजी क्षेत्रलाई उत्पादन प्रसारण र निर्यात गर्न सहज वातावरण निर्माण गने जनाएको छ।
त्यस्तै, गत भदौ २३ र २४ गते भएको आगजनी र टोडफोडबाट क्षति भएका सरकारी संरचनाहरुको एक वर्षभित्र पुनः निर्माण गर्ने एमालेको नीति छ भने गैरआवसीय नेपालीहरुलाई नीति निर्माण, व्यवसाय प्रवर्द्धन लगानी परिचालन र सामाजिक विकासमा योगदान बढाउनका उनीहरुको प्रतिनिधित्वको व्यवस्था गर्ने नेकपा एमालेको दाबी छ।