काठमाडौँ। आगामी फागुन २१ गते हुने निर्वाचनमा दलहरुले आफ्नो चुनावी प्रचारप्रसारका लागि पार्टीको नाममा खुलेका सामाजिक सञ्जाललाई भरपुर प्रयोग गरेका छन्। दलहरुले चुनाव प्रचारमा परम्परागत शैलीको प्रभाव कम हुने भएसँगै आधुनिक प्लेटफर्म सामाजिक सञ्जाललाई जोड दिएका हुन्।
छोटो समयमा धेरै मतदातासम्म सन्देश पुर्याउन सकिने प्रभावकारी माध्यमका रुपमा सामाजिक सञ्जालहरू (फेसबुक, टिकटक, इन्स्टाग्राम) मा पार्टीका उम्मेद्वारसँगै सत्तामा हुँदा पार्टीले गरेको कामलगायत विभिन्न कार्यक्रमको फोटो तथा भिडियो र घरदैलो कार्यक्रमका सामाग्री विभिन्न प्लेटफर्मबाट प्रचार गरिरहेका छन्।
जसमा सबैभन्दा शीर्ष स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले पछिल्लो फागुन ६ देखि १२ गतेसम्म फेसबुकमा दुई सयभन्दा बढी प्रचार सामाग्री पोष्ट गरेको छ। जसमध्ये सही व्यक्ति- सही ठाउँमा भन्दै उम्मेद्वारको फोटो र भिडियोको प्रचार गरिएको छ। अर्कोतर्फ आम मानिस तथा प्रभुत्व व्यक्तिमाफर्त पार्टीको प्रचार तथा पार्टीप्रतिको आशासँगै उनीहरुको विचार पनि प्रचार गरेको छ।
पार्टीले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा आम नागरिकको धारणासमेत कांग्रेसले फेसबुकमाफर्त प्रचार गरेको छ। पछिल्लो साता पार्टीको फेसबुकमा गरिएको प्रचारमा गीतसम्बन्धी भिडियो, गगनको नयाँ नेतृत्वलाई मेरो पहिलो मत, रुख चिन्हमा मतदान गरौँलगायत पार्टी सभापति गगन थापासँगको प्रश्नोत्तर भिडियो, रुखमा भोट हाल्न अब बाँकी दिन, पार्टीको कार्यक्रमका विभिन्न तस्बिर, जय नेपाल रुख चिन्हमा मतदान गरौँजस्ता सामाग्री प्रचार गरिएको छ।
अर्कोतर्फ बदलियो कांग्रेस बदल्छौँ देश, पत्रकार सम्मेलनको लाइभ, पार्टीको प्रचार भिडियो जनताका आवाज बोल्ने कांग्रेस, प्रवासमाफर्त गगनलाई समर्थन गरेको भिडियो र पार्टी सभापतिको विभिन्न भनाइसहितका सामाग्री पोष्ट गरी प्रचार गरिएको छ।
घोषणा पत्रमा राखिएको कार्यक्रमलाई भिडियोमाफर्त जनातमाझ पस्किएको छ।
यता, नेकपा एमालेको फेसबुकमा प्रचार सामाग्रीको पोष्ट न्युन छ। पछिल्लो सातामा करिब ५० भन्दा बढी सामाग्री मात्रै आफ्नो फेसबुकमार्फत प्रचार गरेको छ। जसमा पार्टीको प्रचार भिडियोमाफर्त एमालेलाई मतदान गर्नका निम्ति आमनागरिकलाई प्रेरणा जगाउने प्रकारका भिडियो सामाग्री पार्टीको फेसबुक पेजमा हालिएको छ।
घोषणा पत्रमा राखिएको कार्यक्रमलाई भिडियोमाफर्त जनातमाझ पस्किएको छ। एमाले नामक फेसबुक पेजमा निर्वाचन आउन अब ११ दिन बाँकी भन्ने सामाग्री, एमाले पार्टीको गीत, एमाले निकट इन्फुलेन्सरको भिडियो, पार्टी प्रवेशको सामाग्री, नेताले बोलेको भाषणलाई अडियो बनाएर न्युजको शैलीमा प्रचार गरिएको छ। एमालेको फेसबुक पेजमा झापा क्षेत्रसँग सम्बन्धित सामाग्री एवं श्रदेय अध्यक्ष केपी ओलीले विभिन्न संञ्चार माध्ययलाई दिएको अन्तर्वार्ता तथा फोटा फेसबुकमा राखेर प्रचार गरिएको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेसबुकमा एक सातामा दुई सयको हारहारीमा विभिन्न सामाग्री प्रस्तुत गरिएको छ। एक साताभर फेसबुकमा आएको सामाग्रीलाई मध्येनजर गर्दा बाचा पत्रको कार्यक्रमको सामाग्रीलाई आफ्नो फेसबुकमाफर्त प्रचार गरेको छ। रास्वपाको फेसबुक पेजमा उद्घोषसभाको भिडियो भाषण र फोटोको व्यापक प्रचार गरिएको छ।
घरदैलो कार्यक्रमको भिडियो भाषण, उम्मेद्वारको प्रचारप्रसार, बालेन्द्र शाह (बालेन) र मतदाताबीचको अन्तरक्रियाको भिडियो, बाचा पत्रको फोटो, व्यापक रुपमा प्रचार गरेको छ। त्यस्तै उम्मेद्वारसँग गरिएको कुराकानीको सानो भिडियो क्लिप र उम्मेद्वारसँग पाँच प्राथमकिता भन्ने भिडियो निकै बाक्लो संख्यामा प्रचार गरेको पाइन्छ।
अर्कोतर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को फेसबुकमा प्रचारप्रसार न्युन मात्रामा रहेको छ। अन्य दलको तुलनामा पछिल्लो साताभरमा सो पार्टीले करिब ३५ वटा सामाग्री फेसबुकमाफर्त प्रचार गरिएको छ। जसमा पार्टीको प्रचारप्रसार, घोषणापत्रको कार्यक्रमको सामाग्रीको प्रचारप्रसार अत्याधिक मात्रामा गरिएको छ।
युवाहरुमाझ भिजुअल सेयरिङ र छोटो भिडियो अर्थात रिल्सका लागि निकै लोकप्रिय रहेको प्लेटर्फम इन्स्टाग्राममा नेपाली कांग्रेसको उपस्थिती शून्य रहेको छ। रास्वपाको करिब ८० वटा विभिन्न प्रकारको सामाग्री इन्स्टाग्राममाफर्त प्रचार गरिएको छ। जसमा बाचा पत्रको कार्यक्रमको सामाग्री व्यापक रुपमा प्रचार गरेको छ।
रास्वपाले विभिन्न स्थानमा गरेको उद्घोष सभाको फोटो र भिडियो, सभामा उम्मेद्वारले बोलेको भिडियो एवं घरदैलो कार्यक्रमको भिडियो आफ्नो इन्स्टाग्रामको निकै प्रचार गरेको छ। विभिन्न उम्मेद्वारको क्षेत्रमा गएर उम्मेद्वारसहितको उपस्थितीमा सभापति रवि लामिछानेले सो स्थानका चिरप्रतिद्वन्द्वी प्रति कटाक्ष गरेको सामाग्री पनि आफ्नो इन्स्टाग्राममार्फत प्रचार गरेको छ।
अर्कोतर्फ एमाले सत्तामा रहेको बेलामा आफूले गरेको कामको फेहरिस्त व्याख्या गरेको छ।
यस्तै, रास्वपाले उम्मेद्वारको प्रचार प्रसार उम्मेद्वारको प्राथमिकता र उम्मेद्वारको घरदैलो कार्यक्रम जनसभाको भिडियो प्रचार गरेको पाइएको छ। यता एमालेले पछिल्लो साता करिब चारवटा कन्टेन्ट आफ्नो पार्टीको नाममा खुलेको इन्स्टाग्रामबाट घोषणा पत्र पढ्न सुन्न र डाउनलोड गर्नका लागि क्युआर कोर्ड स्क्यान गर्नुहोस् भन्ने सामाग्री, झापा पाँचका उम्मेद्वारबीच पब्लिक डिबेट कार्यक्रममा सहभागी भएको उम्मेद्वारको फोटो, प्रश्न सोधौँ सूर्य रोजौँ र एमाले मेरो पहिलो भोट एमालेलाई भन्ने सामाग्री आफ्नो पार्टीको नामबाट खुलेको इन्स्टाग्राम प्लेटर्फमबाट प्रचार गरिएको छ।
यस्तै नेकपा माओवादीको इन्स्टाग्राम एकाउन्टबाट एक साताभरमा १६ वटा कन्टेन्ट प्रस्तुत गरिएको छ। जसमा घरदैलो कार्यक्रम , विभिन्न राजनीतिक दलका घरदैलो कार्यक्रम रहेको पाइएको छ। प्रख्यात सामाजिक सञ्जाल प्लेटफम टिकटकमा सबै भन्दा बढी कन्टेट प्रचार प्रसार गर्ने दल एमाले रहेको छ। नेकपा एमाले नामक टिकटक एकाउन्टबाट पछिल्लो एक सातामा करिब १८० वटा कन्टेन्ट प्रचार गरिएको छ। जसमध्ये पार्टीको प्रचारप्रसार घरदैलो कार्यक्रम विभिन्न समारोहमा पार्टी अध्यक्ष केपी ओलीसँग नाचेको भिडियो, विभिन्न कलाकारले विभिन्न कार्यक्रममा एमालेको प्रचार गरेको भिडियो रहेको छ।
अर्कोतर्फ एमाले सत्तामा रहेको बेलामा आफूले गरेको कामको फेहरिस्त व्याख्या गरेको छ। देश जलाएर नेपाल हासेको हेर्न चाहनेहरुको लागि भदौ २३ र २४ गतेको विभिन्न फुटेज सहितको भिडियो राखेर अपलोड गरिएको पाइको छ। सो सामाग्री मध्ये नेकपा एमालेको गीतको भिडियो, विभिन्न धार्मिक सिलोकमार्फत आउनै पर्दैन मेरो घरमा टेक्न गाली खान आउन पर्दैन भन्दै भिडियो बनाएको सामाग्रीलाई प्राथमिकतासहित राखिएको छ।
त्यस्तै, विभिन्न क्षेत्रबाट उम्मेद्वार रहेका नेताको प्रचारप्रसार घोषणा पत्रको प्रचार प्रसार, पार्टीको प्रचारप्रसारको र्याली, एमालेको गीत र मतदाता शिक्षा र मतदान कसरी गर्ने भनेर घरदैलो कार्यक्रमको विभिन्न दृश्यहरु आफ्नो टिकटकमाफर्त प्रचार गरिएको छ।
टिकटकमा आफनो पार्टीको गतिविधि प्रचारप्रसार गर्ने दलमध्ये काङ्ग्रेस दोस्रो स्थानमा रहेको छ। पछिल्लो साताभर सो पार्टीले एक सय भनदा बढी सामाग्री सहित प्रचार गरिएको छ। जसमा आउ म सुनाउँछु यो मनमा के छ भन्ने गजल, जनतासँगको प्रतिक्रियाको भिडियो, प्रतिज्ञापत्रको प्रचारप्रसार, अन्तरवार्ताको फुटेज, भिजनटेन कार्यक्रममा आयोजना गरेको कार्यक्रमको फुटेज, गगनलाई सडकमा देख्यौँ, सदनमा देख्यौ मन्त्रालयमा देख्यौँ अब प्रधानमन्त्री देख्यौँ, आम नागरिकले सोधेको प्रश्नको फुटेजलगायतका सामाग्री सोपार्टीको नाममा रहेको टिकटकबाट प्रचार गरिएको छ।
नेकपाको नाममा रहेको टिकटक एकाउन्टबाट दुई वटा कन्टेन राखिएको छ।
यस्तै, पार्टीको जनलहरको प्रदर्शन, सभापति थापाले संसदमा उठाएको आवजको फुटेज, मधेशका जनतासँग गरिएको घरदैलो कार्यक्रमको दृश्य, विभिन्न मानिसहरुको आवज पार्टी र गगनप्रतिको धारणा र विभिन्न उम्मेद्वारको प्रचारप्रसारको सामाग्री टिकटकमार्फत आम नागरिकलाई पस्केको छ।
यता, रास्वपा टिकटकमा विभिन्न सामाग्री अपलोड गर्नेमा तेस्रो स्थानमा रहेको छ। पछिल्लो केही दिनयता सो पार्टीले ७ वटा कन्टेन्ट रहेको छ। जसमा घरदैलो कार्यक्रम, उम्मेद्वारको प्रचारप्रसार रहेको छ। नेकपाको नाममा रहेको टिकटक एकाउन्टबाट दुई वटा कन्टेन राखिएको छ। सोमध्ये प्रचण्डको घरदैलो कार्यक्रमको दृश्य रहेको पाइएको छ।
यस्तै, सामाजिक सञ्जाल एक्स ट्वीटरमा कांग्रेसले करिब ८५ वटा सामाग्री पोष्ट गरेको छ। यस पोष्टमध्ये अधिकांश ‘सही व्यक्ति सही ठाउँ’ भन्दै विभिन्न क्षेत्रका उम्मेद्वारको प्रचारप्रसार व्यापक रुपमा गरिएको छ। घरदैलो कार्यक्रम, विभिन्न प्रदेशका अब्बल उम्मेद्वार, विभिन्न भिडियोमाफर्त कांग्रेसप्रति प्रेरणादायी भिडियो, प्रतिज्ञा पत्रमा नेताले विभिन्न सञ्चार माध्यममा दिएको अन्तर्वार्ताको फुटेज, पार्टी सभापतिले विभिन्न मिडियामा दिएको अन्तर्वार्ताको फुटेज, पार्टीको गीतको अंशहरु आफ्नो ट्वीटर प्रचार प्रसार गरिएको छ।
यता रास्वपाले ६ देखि १२ गतेसम्म गरी सात वटा कन्टेन्ट अपलोड गरेको छ। यस पार्टीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा बाचा पत्रको पोष्ट, पार्टीले आयोजना गरेको सभामा प्रस्तावित प्रधानमन्त्री बालेनले दिएको अभियक्तिको भिडियो, पार्टीका उम्मेद्वारको घरदैलो कार्यक्रम एवं प्रचार गरिएको छ। यस्तै नेकपा अर्थात माओवादी र एमाले नामक ट्वीटरमा कुनै पनि पोष्ट अपलोड गरिएको छैन।