काठमाडौं। सिटिजन्स ईन्टरनेशनल बैंकका ग्राहकले भारतको मेदान्ता द मेडिसिटी अस्पतालमा उपचार गराउदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र भारतस्थित मेदान्ता द मेडिसिटी ले सम्झौतामा पुनः हस्ताक्षर गरेसगै मेदान्ताका ७ अस्पतालमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट पाउने सुविधा प्रदान गरेको हो।
यसअघि छुट सुविधा केवल मेदान्ता, गुडगावँ मा मात्र लागू हुँदै आएको थियो। नयाँ सम्झौतापछि छुट सुविधा मेदान्ताका थप ६ अस्पतालहरू– मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल, पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल, राँची, मेदान्ता अस्पताल, राँची साथै ५ मेडिक्लिनिकबाट समेत उपलब्ध गराएका छन्।
समझदारीपत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल ले हस्ताक्षर गरेका छन्। बैंकका अनुसार, हाल आफ्ना ग्राहकहरूले यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् र आगामी दिनहरूमा पनि थप लाभान्वित हुने छन्।
यस सहकार्यको निरन्तरताले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मेदान्ता द मेडिसिटी बीचको सम्बन्ध अझ सशक्त भएको छ र भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूले उपचारका क्रममा थप सहज सेवा प्राप्त गर्ने छन्।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याइसकेका छन्।
हाल सालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइसकेका छन्। फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरिसकेका छन्।
साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा र क्रस बैंक टेलर सुविधा पनि उपलब्ध गराइसकेका छन्।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ७६ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिसकेका छन्।