काठमाडौँ । नेपालको सबैभन्दा छिटो बढिरहेको पूर्ण भिट्रिफाइड टाइल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नाे उपस्थिति थप मजबुत बनाएको छ। गोदावरी ग्रेनाइट एन्ड टाइल्सले हरिसिद्धि, ललितपुरमा लेमिनारको प्रिमियम एम्पोरियो साेरुम औपचारिक उद्घाटन गरेको हो।
नयाँ साेरुमले लामिनारका उच्च–गुणस्तरका, अत्याधुनिक र टिकाउ टाइल प्रदर्शन गरेको छ, जुन आधुनिक आवासीय घर व्यावसायिक भवन, होटल, अस्पताल, विमानस्थल तथा ठूला सार्वजनिक पूर्वाधार परियोजनाका लागि विशेष रुपमा डिजाइन गरिएका छन्। लामिनारका टाइल एनएस ६१७ प्रमाणित पूर्ण भिट्रिफाइड छन्, जसमा पानी अवशोषण दर अत्यन्त न्यून अर्थात् ० दशमलव ०८ प्रतिशतभन्दा कम छ ।
यो विश्वस्तरीय स्तरको कम पानी अवशोषणले टाइललाई अत्यधिक टिकाउ र दीर्घकालीन बनाउन मद्दत गर्छ। लेमिनारले आठभन्दा बढी कलेक्सन र पाँच सय ५० प्लस एसकेयु उपलब्ध गराउँदै नेपालकै सबैभन्दा ठूलो भिट्रिफाइड टाइल पोर्टफोलियो प्रदान गरेको छ।
यसमा मार्बल लुक, समकालीन कंक्रिट डिजाइनदेखि उच्च–ट्राफिक क्षेत्रका लागि पीईआई पाँच घर्षण प्रतिरोध, एमओएचएस ९ कठोरता (स्क्र्याच–प्रतिरोधी) र आर १२ स्लिप प्रतिरोध (भिजेको÷बाहिरी प्रयोगमा सुरक्षित) जस्ता विशेषता समावेश गरिएको छ।
साेरुम उद्घाटनसँगै लेमिनारका उत्पादन नेपालका सात वटै प्रदेशमा एक सय ९० प्लस डिलर सञ्जालमार्फत सजिलै पाउने कम्पनीले जनाएको छ। गोदावरी ग्रेनाइट एन्ड टाइल्सका निर्देशक कृष्णमणि बिडारीले उद्घाटन सामारोहका क्रममा लेमिनारले प्रदर्शन र डिजाइन दुवैमा उत्कृष्ट पूर्ण भिट्रिफाइड उत्पादन दिने गरेको बताए।
यसको गुणस्तरमा निरन्तरताले बजारमा ठूलो विश्वास जितेको तथा यो नयाँ साेरुम घरधनी, आर्किटेक्ट्स, इन्जिनियर तथा ठूला संस्थाका लागि टिकाउ हुने उनको भनाइ थियो।
नेपाली उत्पादन, निरन्तर डिजाइन नवप्रवर्तन र राष्ट्रव्यापी विस्तारसँगै लामिनारले नेपालमा टाइलको सतहको गुणस्तरलाई नयाँ उचाइमा पुर्याउँदै छ तथा पूर्ण भिट्रिफाइड टेक्नोलोजीमार्फत मजबुती, टिकाउपन, सुरक्षा र दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने उनले बताए। त्यस्तै गोदावरी ग्रेनाइट एन्ड टाइल्सकका डाइरेक्टर ओमप्रकाश गोयल र लुम्बिनी सेरामिक्स लिमिटेडका डाइरेक्टर आशुतोष खेतानले साेरूम उद्घाटन गरेका थिए।