काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावहाक थाइ एयरवेज इन्टरनेसनल लिमिटेडले टाट पल्टिएको छ । वित्तीय रुपमा टाट पल्टिएपछि उद्धार गर्न थाइ एयरवेजले त्यहाँको सेन्ट्रल बैंकरप्टी कर्टमा व्यवसायिक पुनरसंरचना योजना पेश गरेको छ । थाइ एयरवेजको ऋण दायित्व बढेर ९ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ ।
थाइले सरकारसंग एयरवेज सञ्चालनका लागि १ अर्ब ७० करोड डलरको राहत प्याकेज मागेको छ । उसको योजना मंगलबार बस्ने मन्त्रिपरिषद बैठकले स्वीकृत गर्ने बताइएको छ । आर्थिक संकटमा परेपछि एयरलाइन्सले त्यहाँको मन्त्रिपरिषदमा टाट पल्टिएको घोषणा गरी पुनरसंरचनाका लागि मंगलबार प्रस्ताव पेश गर्दैछ ।
त्यहाँका समचार एजेन्सीका अनुसार राष्ट्रिय राज्य उद्यम नीति सुपरवाइजरले घाटामा परेका थाई एयरवेज पीएलसी (थाई) ले पुनरसंरचनाका लागि मन्त्रिपरिषद समक्ष पेश गर्ने छ ।
प्रक्रिया अन्तर्गत, यदि यो अनुमोदित भएमा, एयवजेको क्रेडिट संकलनबाट स्वचालित रहनेछ । सोमबारको राज्य उद्यम नीति समिति (एसईपीसी) को अध्यक्षतापछि बोल्दै प्रधानमन्त्री प्रयुत चान ओ चाले राष्ट्रिय ध्वजावाहकका लागि दिवालिया कानून बमोजिम पुनःस्थापनालाई मन्त्रिपरिषदमा राख्नुपर्ने सहमति भएको जानकारी गराएका थिए ।
राष्ट्रिय ध्वजावाहकका लागि अदालतमा दिवालिया हुनका लागि कल गरिएको थियो त्यसैले यो पुनःस्थापना कार्यक्रममा प्रवेश गर्न योग्य हुन सक्छ । पुनस्र्थापना योजना दिवालिया ऐनको पालनामा रहेको छ भने, जनरल प्रयुतले भने कि पुनस्र्थापना दिवालियापन भन्दा फरक छ ।
कोरोना भाइरस महामारी अघि नै थाइ एयरवेज वित्तीय संकटमा परेको थियो । थाइ एयरवेज सन २०१७ देखि नोक्सानमा जान थालेको हो । सन २०१७ मा ६ करोड ५८ लाख, २०१८ मा ३६ करोड १९ लाख र २०१९ मा ३७ करोड ४३ लाख डलर नोक्सान व्योहरेको थियो । कोरोना महामारीपछि थाइले कर्मचारीलाई विदा बस्नका साथै आधा मात्र तलव दिएको छ ।
नेपालमा दैनिक एक उडान गर्दै आएको छ । पुर्नसंरचना पछि कुन कुन देशमा उडान गर्ने वा नगर्ने भन्ने विषयको टुंगो लगाउने छ । केही कर्मचारीहरु र कार्यालयहरु समेत कटौती हुने छन ।
६० वर्षभन्दा लामो इतिहास र अनुभव भएको थाई एयरवेजसँग १०० ओटा भन्दा बढी जहाजहरु रहेको छ । ती जहाजबाट दैनिक ३० हजारभन्दा बढी यात्रुहरुलाई सेवा दिदै आएको थियो । एयरलाइन्समा हाल २० हजार भन्दा बढी कर्मचारी छन् । नेपालसहित विश्वका ३७ देशमा उडान भर्दै आएको एयरलाइन्सले दैनिक ८४ वटा जहाज सञ्चालन भइरहेको थियो ।
सरकारी प्रवक्ता नरुमोन पिनोसिनवाटले पत्रकाररुसँग कुरा गर्दै राज्यले सञ्चालन गर्ने उद्यमी नीतिहरूको निरीक्षण गर्ने एसईपीसीले केन्द्रीय बैंकरप्ट अदालतको रेखदेखमा एयरलाइन्सको पुनःस्थापनाको लागि सहमति जनाएको बताए । थाइल्याण्डको स्टक एक्सचेन्जका अनुसार थाईको सम्पत्ति गत वर्षको अन्त्यमा २५६ अर्ब भाट रेकर्ड गरिएको थियो । कुल घाटा २४५ अर्ब भाट रहेको छ ।