काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको छ। यही क्रममा कम्पनीले फागुन १४ गते बिहीबार आदर्शनगर, वीरगन्ज तथा फागुन १५ गते शुक्रबार अर्विट मल, शिवचोक, जनकपुरमा दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
यी सर्भिस सेन्टरहरू सञ्चालनमा आएसँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताहरूले अब आफ्नै क्षेत्रमा आधिकारिक गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यस विस्तारले ग्राहकको सन्तुष्टि अझ सुदृढ हुने विश्वास लिइएको छ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) र विभिन्न आइओटी उपकरणहरूको मर्मत, प्राविधिक जाँच तथा सेवा उपलब्ध गराइनेछ । यहाँ प्रयोग हुने सबै स्पेयर पार्ट्स आधिकारिक (जेनुइन) हुनेछन्।
यी सर्भिस सेन्टरहरूको सञ्चालन टेलिडाइरेक्टर प्रालिले गर्नेछ। टेलिडाइरेक्ट, रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सेवा व्यवस्थापन गर्दै आएको छ र ग्राहकमाझ विश्वासिलो सेवा प्रदायकका रुपमा स्थापित छ।
उद्घाटनको अवसरमा कम्पनीले विशेष अफरसमेत घोषणा गरेको छ।
सञ्चालनमा आएको मितिदेखि एक महिनासम्म ग्राहकहरूले सबै उपकरणमा निःशुल्क सभिर्सिङ तथा सफ्टवेयर अपग्रेड सेवा पाउनेछन्। साथै वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट तथा वारिन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने सुविधा उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ। दुवै सर्भिस सेन्टरमा दक्ष तथा तालिमप्राप्त प्राविधिक टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्म आधिकारिक र मापदण्डअनुसारको सेवा प्रदान गर्नेछन्।