एजेन्सी । २००८ मा उत्पन्न भएको भूमण्डलीय वित्तीय संकटले केन्द्रीय बैङ्कको भूमिका र उनीहरुको नीतिगत उपकरणको मात्रा र क्षेत्रमा नै परिवर्तन ल्याइदियो ।
आज फेरी एकपटक वित्तीय स्थिरता केन्द्रीय बैङ्कको मूख्य योजना बनेको छ र केही समयसम्म धेरै ओटा धनाढ्य मुलुकहरुमा ब्याजदर शून्य वा त्योभन्दा तल रहनसक्ने सम्भावना छ ।
यसको मतलव एक दशकअघिको समयभन्दा धेरै आज केन्द्रीय बैङ्कर्सहरुको क्रियाकलाप थप भिजिबल र राजनीतिकरुपमा संवेदनशिल बन्दैछ । यसले २० औँ शताब्दीको उतराद्र्धमा प्राप्त महान् संस्थागत अन्वेषणः केन्द्रीय बैङ्कको स्वतन्त्रतामाथि जोखिम र चुनौति प्रस्तुत गरेको छ ।
केही अवलोकनकर्ताहरु भन्छन् साँघुरो मूल्य स्थिरताको म्यानडेटमा फर्केर केन्द्रीय बैङ्कले उसको स्वतन्त्रतामाथिको जोखिमलाई राम्ररी घटाउन सक्छ जसले भूमण्डलीय वित्तीय संकटअघि उसको राम्रो सेवा गर्छ । तर, यो सूझाव मिसगाइडेड हो । केन्द्रीय बैङ्कले वत्तीय स्थिरताको अभिभावकको रुपमा आफ्नो वास्तविक भूमिकालाई पुनरावृति गर्नै पर्छ ।
मूल्य स्थिरता आफैँमा एउटा लक्ष्य होइन । यो त समाजले चाहाने म्याक्रोइकोनोमिक स्थिरतालाई सहयोग गर्ने केबल एउटा खम्बा हो । भर्खरैको संकटले पर्याप्तमात्रामा देखाएझैँ वित्तीय स्थिरता यो जगको दोस्रो हिस्सा हो ।
यो व्यापक परिपेक्ष्यमा केन्द्रीय बैङ्कर्सहरु राजनीतिज्ञ, नियामक तथा वित्तीय पर्यवेक्षकहरुसँग समाजमा आफ्नो भूमिकाबारे छलफल गरिरहेका पाइन्छन् । यो हुनुपर्ने नै हो । कैन्द्रय बैङ्कको स्वतन्त्रतालाई बचाइ राख्नका लािग यस्तो संलग्नताको आवश्यकता पर्छ ।
हाम्रो भर्खरैको अध्ययन प्रतिवेदन ‘द फ्यूचर अफ बैङ्किङ’ ले २००८ को वित्तीय संकटपछि केन्द्रीय बैङ्कबारेमा परिवर्तन भएको हाम्रो सामुहिक धारणमा परिवर्तन ल्याउने तीन महत्वपूर्ण तरिकालाई प्रकाश पारेको छ । पहिलो जब व्याजदरले ‘जिरो लोअर बाउण्ड’ अर्थात् जेटएलबी छुन्छ, भावी मौद्रिक नीति एक्सन उस्तै हुन्छन् र सामान्यरुपमा अरुले अप्नाएको तरिकाको साधारण विकल्प बन्छन् ।
दोस्रो केन्द्रीय बैङ्कले प्रदान गर्ने ऋणको मात्रा नाटकीयरुपमा वृद्धि भएको छ र तेस्रो आजका नीति निर्माणकर्ताहरु वित्तीय संकटको गम्भीरता र लगातारलाई कमी गर्न सिस्टमेटिक रिस्क घटाउन सहीरुपमा केन्द्रित भइरहेका छन् ।
भविष्यमा ब्याजदर जेटएलबी वा त्यसको नजिक पुग्ने एकदमै वास्तविक सम्भावनाको अवस्थामा केन्द्रीय बैङ्कको अवस्थाको पुनरविचार गर्नु एकदमै विवेकपूर्ण हो ।
विशेषतः जेटएलबीले ट्रिगर गरेर हामी विशेष शासनको औपचारिक स्थापनाका लागि आह्वान् गर्छौं जहाँबाट सरकारको कार्यकारी शाखा र केन्द्रिय बैंकले उनीहरुको विचार व्यक्त गर्नुका साथै उपलब्ध भएका नीतिगत विकल्पका सम्पूर्ण रेन्जमा सामुहिक सहमति जनाउँछन् । जब नीतिगत दर शून्यमा पुग्छ तब पारदर्शीताको नियम अन्तर्गत विभिन्न खेलाडीहरुले निरन्तर नियमति भेट गर्नुपर्छ ।
प्रत्येक वैठकपिच्छे एउटा संयुक्त सार्वजनिक बक्तव्यले तत्कालिन आर्थिक अवस्था, प्राप्त नीतिगत विकल्प र चयन गरिएका एक्सन कोर्सको मूल्यांकन प्रदान गर्छ । असहमति भएको अवस्थामा प्रजातान्त्रिक रुपमा निर्वाचित सरकारी अधिकारीले अन्तिम निर्णय दिन्छन् । यद्यपी उनीहरुले पनि प्रत्येक तर्कलाई र आफ्नो निर्णयको औचित्यबारे पूर्णरुपमा व्याख्या गर्नुपर्छ ।
यो विशेष जेटएलबी सत्ताले अस्वभाविक नीतिहरुलाई राजनीतिक अनुमोदन प्रदान गरेर केन्द्रीय बैङ्कको स्वतन्त्रालाई संरक्षण गर्न सहयोग गर्छ ।संकटको सुरुवात भएयता ‘लेण्डर्स अफ लास्ट रिजोर्ट’ अर्थात् एलओएलआरको रुपमा (एलओएलआर वित्तीय प्रणालीमा एउटा संस्था हो, जसले इन्टर बैङ्क लेण्डिङ बजारमा पर्याप्त तरलता प्राप्त गर्न नसक्ने वित्तीय संस्थालाई तरलता प्रदान गर्छ ।) बेन्द्रीय बैङ्कको कार्यको यो नौलो मात्रा र क्षेत्रले निरन्तररुपमा पर्याप्त ध्यान आकर्षण गरेको छ ।
जनताको आखाँमा यस्ता क्रियाकलाप वैधानिक हुने भएकोले यो आवश्यक छ । साथै सिस्टमेटिक रिस्क र ‘म्याक्रोप्रुडेन्सियल’ नीतिले केन्द्रिय बैङ्कको मेन्डेटलाई संसोधन गर्न आवश्यक बनाएको छ ।
(म्याक्रोप्रुडेन्सियल नीतिको अर्थ वित्तीय प्रणालीको रिस्कलाई कम गर्ने उदेश्यले वित्तीय नियमावालीमाथिको अप्रोच हो ।) वित्तीय तथा मौद्रिक नीतिका विभिन्न तत्वहरुको मिलावट कतिको उत्कृष्ट छ भन्ने कुरामा सहमति नबने पनि हामी ‘एक छत’ मोडलको पक्षधर हौँ जसमा केन्द्रय बैङ्कको दुईओटा उदेश्य छन् मूल्य स्थिरता र वित्तीय स्थिरता । यी उद्देश्य प्राप्त गर्न केन्द्रीय बैङ्कलाई दुबै पारदर्शी एलओएलआर र उचित उपकरणसहितको म्याक्रोप्रुडेन्सियल निकाय बन्न आवश्यक छ ।
संस्थागत अवरोधका कारण विभिन्न मुलुक अनुसार यो मोडलमा फरक ल्याउँछ । केही केसहरुमा सम्भवतः धेरैमा धेरैओटा निकायहरुले समन्वय र पूर्ण जवाफदेहितालाई नियमित बनाउँदै वित्तीय स्थिरताका लागि जिम्मेवारी बाँडफाँड गर्ने छन् । जब विविध उद्देश्य भएका धेरैओटा निकायमाझ साझा दायित्व हुन्छ तब संलग्न एजेन्सीहरुले रहिआएको सञ्चालनका समस्याहरुलाई स्वीकार गर्नुपर्छ र प्रशासनले सिधा जोखिमको सामना गर्नुपर्छ जहाँ टुटफुट र समन्वयको अभावले नाकामीतिर दोहोर्याउँछ ।
केन्द्रीय बैङ्कको स्वतन्त्रता रक्षा गर्न एडप्टेसन आवश्यक पर्छ । यो पोस्ट क्राइसेस युगमा सरकार र नागरिकहरु निर्वाचित नभएका स्वतन्त्र संस्थामाथि निरन्तररुपमा व्यापक नीति निर्माण शक्तिको प्रतिनिधित्व गर्ने छन् । यसकारण केन्द्रीय बैङ्कले आफ्नो वैधानिकतालाई कायम गर्न थप जवाफदेही बन्न आवश्यक छ ।
केन्द्रीय बैङ्कको उदेश्य, उपकरण र सञ्चार प्रणालीको प्रारुपमा सहमति बलियो बनाउनका लागि हामीलाई सार्वजनिक सम्बादको आवश्यकता छ । त्यस्ता छलफलमा हुने असफलताले केन्द्रीय बैङ्कको स्वतन्त्रतालाई मात्र होइन तर वित्तीय स्थिरता र सम्पूर्ण सामाजिक कल्याणमा पनि खतरा पैदा गर्छ ।
प्रोजेक्ट सिन्डीकेटबाट लिइएको यो लेख प्याट्रिक बोल्टन, स्टिफन सीसीट्टी, जियन पाइरी ड्यानथिन, जेभियर भाइसले लेखेका हुन् ।