काठमाडौं। मध्यपूर्वको अकासमा युद्धको बादल मडारिँदै गर्दा तेलले धनी खाडी देशमा काम गर्दै आएका करोडौं विदेशी श्रमिकको भविष्य अन्धकारमा परेको छ। इजरायल, अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावले (साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, ओमान र बहराइन) गरी ६ वटा खाडी सहयोग परिषद (जीसीसी) देशमा बसोबास गर्ने झन्डै ६ करोड २० लाख मानिसको जीवनमा प्रत्यक्ष असर पारेको हाे।
यी देशमा विश्वका विभिन्न मुलुकबाट आएका ३ करोड ५० लाख बढी विदेशी नागरिकले रोजगारी गर्दै आएका छन्। दक्षिण एसियाली देश भारत, बंगलादेश, पाकिस्तान र नेपाल यी देशमा श्रमिक पठाउने मुख्य स्रोत मुलुकका रूपमा रहेका छन्।
खाडी देशको एउटा विशेषता छ- यहाँ विदेशी कामदारको संख्या स्वदेशी नागरिकभन्दा धेरै छ। युएईमा कुल १ करोड १५ लाख जनसंख्यामध्ये केवल १३ लाख अर्थात १२ प्रतिशत मात्र स्थानीय नागरिक छन्। बाँकी ८८ प्रतिशत विदेशी कामदार हुन्।
कतारमा पनि ३२ लाख जनसंख्यामध्ये मात्र ३ लाख ३० हजार (१२ प्रतिशत) कतारी नागरिक छन्। यस्तो असाधारण जनसंख्या संरचनाले यी देशहरूको अर्थतन्त्र विदेशी श्रममा कति निर्भर छ भन्ने स्पष्ट पार्छ।
| देश |
कुल जनसंख्या |
स्वदेशी नागरिक |
विदेशी कामदार |
विदेशी %मा |
| साउदी अरब |
३ करोड ७० लाख |
२ करोड ५ लाख |
१ करोड ६४ लाख |
४४% |
| युएई |
१ करोड १५ लाख |
१३ लाख १०हजार |
१ करोड ४ हजार |
८८% |
| कुवेत |
४८ लाख |
१५ लाख ६० हजार |
३३ लाख |
६९% |
| कतार |
३२ लाख |
३ लाख ३० हजार |
२८ लाख ७० हजार |
८८% |
| ओमान |
४७ लाख |
२८ लाख |
२० लाख ५० हजार |
४१% |
| बहराइन |
१५ लाख ८० हजार |
७ लाख ३९ हजार |
८ लाख ४९ हजार |
५४% |
कुन देशका कति नागरिक?- दक्षिण एसियाको वर्चस्व
दुबईस्थित ग्लोबल मिडिया इन्साइटका अनुसार जीसीसी देशहरूमा रोजगारीमा आबद्ध विदेशी नागरिकमध्ये सबैभन्दा बढी भारतीय नागरिक छन्- ६१ लाख। त्यसपछि बंगलादेश (५० लाख), पाकिस्तान (४६ लाख), इजिप्ट (३३ लाख) र फिलिपिन्स (२२ लाख) का नागरिक छन्। नेपालका करिब १२ लाख नागरिक यी देशहरूमा कार्यरत छन्।
| देश |
जीसीसीमा नागरिक संख्या |
मुख्य गन्तव्य |
| भारत |
६१ लाख |
युएई, साउदी |
| बंगलादेश |
५० लाख |
युएई, साउदी |
| पाकिस्तान |
४६ लाख |
युएई, साउदी |
| इजिप्ट |
३३ लाख |
साउदी, कुवेत |
| फिलिपिन्स |
२२ लाख |
युएई, कतार |
| यमन |
२२ लाख |
साउदी |
| नेपाल |
१२ लाख |
युएई, कतार |
| सिरिया |
६ लाख ६४ हजार |
साउदी |
| श्रीलंका |
६ लाख ५० हजार |
युएई, साउदी |
| सुडान |
११ लाख |
साउदी |
नेपालीहरू कहाँ, कति?
नेपाली श्रमिकहरू जीसीसीका सबै ६ देशमा कार्यरत छन्। तथ्यांकअनुसार कतारमा ४ लाख, कुवेतमा १ लाख १ हजार, बहराइनमा २० हजार नेपाली रोजगारीमा संलग्न छन्। निर्माण मजदुर, सुरक्षाकर्मी, सफाइकर्मी र घरेलु सहयोगीका रुपमा काम गर्दै आएका नेपालीहरूबाट प्राप्त रेमिट्यान्स देशको अर्थतन्त्रमा महत्त्वपूर्ण आधारस्तम्भ हो।
मध्यपूर्वमा अहिले उत्पन्न सैन्य तनावले नेपाली श्रमिकहरूको सुरक्षा र रोजगारीमा अनिश्चितता ल्याएको छ। विशेषज्ञका अनुसार युद्धको अवस्था थप बिग्रिए खाडी देशको निर्माण क्षेत्र, पर्यटन र सेवा उद्योगमा गम्भीर असर पर्न सक्छ। योसँगै लाखौँ श्रमिक स्वदेश फर्किन बाध्य हुन सक्छन्।
विशेषज्ञको चिन्ताः रेमिट्यान्समा ठूलो धक्का लाग्न सक्छ
श्रम विज्ञका अनुसार जीसीसी देशमा खेती, उद्योग र पूर्वाधार निर्माणमा विदेशी कामदारको योगदान अतुलनीय छ। यी देशहरूमा ठूला गगनचुम्बी भवन, हवाई अड्डा, सडक र बन्दरगाह निर्माणमा विदेशी श्रमिकहरूकै पसिना बगेको छ। साथै बैंकिङ, वित्त, प्रविधि, इन्जिनियरिङ, उड्डयन र चिकित्सा क्षेत्रमा उच्च दक्ष विदेशी पेसेवर पनि सक्रिय छन्।
नेपाल सरकारले यस संकटमा परेका नागरिकको सुरक्षा र समयमै स्वदेश फिर्तीको व्यवस्था गर्न ठोस कदम चाल्नुपर्ने श्रम विज्ञहरू बताउँछन्। अन्यथा करोडौँ परिवारको जीविकोपार्जनमा चुनौती आउन सक्ने उनीहरूको चेतावनी छ।
स्रोतः अल्जजिरा, ग्लोबल मिडिया इन्साइट, अन्तर्राष्ट्रिय सञ्चार माध्यम