काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई पाँच दिनसम्म इरानी पावर प्लान्ट र ऊर्जा पूर्वाधारमाथि सैन्य हमला अस्थायी रुपमा स्थगित गर्न निर्देशन दिएका छन्।
यो निर्णय उनले विगत दुई अमेरिका र इरानबीच भएको 'उत्पादकमूलक' वार्तालापपछि आएको हो। अन्तर्राष्ट्रय सञ्चार माध्यमले जनाइएअनुसार
'गहन, विस्तृत र रचनात्मक वार्तालापको अवधि र स्वरको आधारमा, जुन हप्ताभरि जारी रहने छ, मैले युद्ध विभागलाई इरानी पावर प्लान्टहरू र ऊर्जा पूर्वाधारविरुद्धको कुनै पनि र सबै सैन्य हमलाहरू पाँच दिनको अवधिको लागि स्थगित गर्न निर्देशन दिएको छु, जुन जारी बैठक र छलफलहरूको सफलताको अधिनमा छ,' ट्रम्पले सामाजिक सञ्जालमा भनेका छन्।
वाल स्ट्रिट जर्नलका अनुसार, इरानको फार्स समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै अमेरिकासँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष सञ्चार नभएको बताएको छ। तस्निम समाचार एजेन्सीका अनुसार एक वरिष्ठ सुरक्षा अधिकारीले ट्रम्पको टिप्पणीलाई 'मनोवैज्ञानिक युद्ध'को संज्ञा दिएको छ।
युद्धका कारणले घरेलु दबाबमा रहेका ट्रम्पले पहिले इरानलाई हर्मुजको जलडमरूम पुनः नखोले पावर प्लान्टहरूमा हवाई आक्रमणको सामना गर्ने चेतावानी दिएका थिए। तेहरानले अल्टिमेटमलाई अस्वीकार गर्दै यदि आफ्नो पावर प्लान्टमा प्रहार भए जलडमरूम पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको थियो।
इरानको क्रान्तिकारी गार्डहरूले पनि बदलामा इजरायलको पावर प्लान्ट र मध्य पूर्वमा अमेरिकी आधारहरू आपूर्ति गर्नेहरूलाई लक्षित गर्ने बताएका छन्। ट्रम्पले इरानमा विभिन्न पावर सुविधाहरू मेटाउन सक्ने सुझाव दिए पनि, उनले अमेरिकाले पहिले द्वन्द्व जितिसकेको दाबी गरेका छन्।
ट्रम्पको पोस्टपछि अमेरिकी सेयर बजार फ्युचर्स बढेको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको थियो।