पोखरा। ओमोडा एण्ड जेकुको पोखराका लागि आधिकारिक डिलर इलिट मोटर्स प्रा। लि। ले पोखराको लेकसाइडमा जारी वाडा अटो शो २०२६ मार्फत बहुप्रतिक्षित जेइको जे सिक्स टी आधिकारिक रुपमा सार्वजनिक गरेको छ।
यसअघि जेइको जे सिक्सले पाएको सफलतापछि, नयाँ जे सिक्सटी अझ शक्तिशाली र रग्ड डिजाइनका साथ पोखराका ग्राहकका लागि आएको हो। सिमित अवधिका लागि ग्राहकहरूले यो गाडी विशेष प्रारम्भिक अफरअन्तर्गत मात्र ६६.९९ लाखमा खरिद गर्न सक्ने छन्। जसको अधिकतम खुद्रा बिक्री मूल्य ६८.९९ लाख तोकिएको छ।
यस गाडीलाई २५ देखि २९ मार्च २०२६ सम्म पोखराको लेकसाइड ग्राउन्डमा आयोजना भइरहेको वाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ। इच्छुक ग्राहकहरूले स्टलमा गई यस गाडीको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
अलरोडर जेइको जे सिक्स टीमा रियर माउन्टेड मोटर रहेको छ। जसले २२० एनएम टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट ब्याट्री जडान गरिएको छ। जसले ४३१ किलोमिटरसम्म ड्राइभिङ रेन्ज प्रदान गर्छ।
साथै २२५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गा चार हजार ४३३ मिमी लम्बाई, एक हजार ९१६ मिमी चौडाई, एक हजार ७४१ मिमी उचाई तथा दुई हजार ७१५ मिमी ह्वीलबेसमा उपलब्ध छ। गाडीमा १९ इन्च टायर, १५.६ इन्च सेन्ट्रल टचस्क्रिन, ९.२ इन्च इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर तथा ८ स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन्।
यसअघि जेइको जे सिक्समा २०० मिमी ग्राउन्ड क्लियरेन्स तथा ४०० किमी ड्राइभिङ रेन्ज उपलब्ध थियो। नयाँ जेइको जे सिक्स टीमा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको छ। जेइको जे सिक्सको सफल आधारलाई थप मजबुत बनाउँदै जेसिक्सटीले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिङ तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ, जुन साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि विशेष रुपमा उपयुक्त छ।
नयाँ जेइको जे सिक्स टी अहिले वाडा अटो शोमा प्रदर्शनीका लागि र पोखरास्थित इलिट मोटर्सको शोरुममा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ। दिगो विद्युतीय शक्ति र अफ-रोड क्षमताको खोजीमा रहेका एसयूभी प्रेमीका लागि यो उत्कृष्ट रोजाइ हो।