काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो २ः०० बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिसकेका छन्।
संघीय संसद्का दुवै सदनको अधिवशन वैशाख २८ गते सोमबारदेखि सुरु हुँदै छ।
संघीय संसद्को नयाँ भवन निर्माण सम्पन्न नभएकाले यसपटक पनि प्रतिनिधिसभा बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रिय सभाको पनि यसअघिकै संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्षमा यो अधिवेशन सञ्चालन हुनेछ।
नयाँ संसद् भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधिसिभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
व्यवस्थित रुपमा नयाँ कक्षबाट बजेट प्रस्तुत गर्न पाइयोस् भनी संसद् सचिवालयले पनि अपेक्षा गरेको छ। निर्माणाधीन प्रतिनिधिसभा कक्षमा हाल रङरोगन, आन्तरिक सजावट तथा नवीनतम् उपकरण जडानलगायत प्राविधिक काम भइरहेको उनले बताए।
संसद्को यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आय–व्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ । प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ।
जनप्रतिनिधिको माथिल्लो निकायका रुपमा रहने संसद् अधिवेशनका क्रममा दैनिकजसो हुने आकास्मिक, शून्य र विशेष समय तथा प्रश्नोत्तर समयमा सदस्यहरुले समसामयिक वषिय प्रवेश गराई छलफलमा भाग लिनेछन्। अधिवेशनका क्रममा पछिल्लो समय जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सभामा पेस भई अघि बढाइनेछ । सामान्यतया यसबीचमा जारी भएका अध्यादेश संसद्को पहिलो बैठक प्रस्तुत हुनेछ । पहिलो बैठक बसेको मितिले ६० दनिभत्रि ती अध्यादेशको छनिोफानो हुनुपर्छ अन्यथा अध्यादेश स्वतः निस्क्रिय हुनेछन्।
प्रतिनिधिसभामा हाल राष्ट्रिय सभाबाट सन्देशसहति प्राप्त तीन विधेयक छन्। वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयक, २०८३ प्रतनिधिसिभामा दर्ता छ। राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ विधेयक रहेको छ। त्यस्तै विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन र नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि प्रतिनिधिसभामा थाँती छन्।