काठमाडौँ। सीजी मोटोकर्पले सुजुकी ई–भिटाराको देशव्यापी हस्तान्तरण सुरु गरेको छ। यो गाडी कम्पनीको नेपाली बजारमा भित्र्याइएको पहिलो पूर्ण निर्मित विद्युतीय गाडी हो। यस मूल्य खण्डमा कुनै जापानी कम्पनीबाट आउने पहिलो विद्युतीय एसयूभी पनि हाे। सुजुकीको अधिकृत डिलर सञ्जालमार्फत देशभरि ग्राहक हस्तान्तरण कार्य अहिले निरन्तर रूपमा भइरहेको छ।
नेपाल दक्षिण एसियाकै सबैभन्दा छिटो गतिमा अघि बढिरहेको विद्युतीय गाडीको बजारका रूपमा स्थापित हुँदै गरेको समयमा नेपालमा सबैभन्दा लामो समयदेखि कार्यरत जापानी प्यासेन्जर गाडी ब्रान्ड सुजुकीले विद्युतीय खण्डमा औपचारिक प्रवेश गरेको छ। ई–भिटारा नेपाली सडकको दैनिक यथार्थ र नेपाली ग्राहकको दीर्घकालीन अपेक्षालाई केन्द्रमा राखेर डिजाइन गरिएको उत्पादन भएकाे कम्पनीले जनाएकाे छ।
सुजुकी ई–भिटाराकाे सुरुवाती मूल्य रु. ४९,९९,००० रहेकाे छ। “ई–भिटारा यस मूल्य खण्डमा कुनै जापानी कम्पनीबाट आउने पहिलो विद्युतीय एसयूभी हो, र यसले सुजुकीप्रति ग्राहकहरूको लामो समयको विश्वासलाई पनि साथमा बोकेर आएको छ — प्रमाणित इन्जिनियरिङ, ग्राहकसम्म साँच्चै पुग्ने सेवा सञ्जाल र आवश्यक पर्दा पाइने स्पेयर पार्ट्स,” सीजी मोटोकर्पका प्रवक्ताले भने।
“विद्युतीय गाडीमा रूपान्तरणको यात्रालाई ग्राहकका लागि सहज र निश्चिन्त बनाउनु नै हाम्रो दायित्व हो, र यो उत्पादन ठ्याक्कै त्यसैका लागि तयार पारिएको हो।”
सीजी मोटोकर्पले सन् २०३० सम्ममा सुजुकीका थप ६ वटा विद्युतीय गाडी नेपाली बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ। यसबाट प्रस्ट हुन्छ — ई–भिटारा एक्ल्लै बजारमा भित्र्याइएको उत्पादन नभई कम्पनीको दीर्घकालीन विद्युतीय गाडी रोडम्यापको पहिलो खुड्किलो हो।
नेपालकै सबैभन्दा स्थापित जापानी सेवा सञ्जालको आडमा
नेपाली विद्युतीय गाडी बजारमा नयाँ प्रवेश गरेका ब्रान्डहरूको तुलनामा ई–भिटारा पहिलो दिनदेखि नै देशभर रहेका २५ अधिकृत सुजुकी सेल्स आउटलेट र ४० आफ्टर-सेल्स सर्भिस सेन्टरको पूर्ण समर्थनमा सञ्चालित रहेकाे जनाइएकाे छ। यसका साथसाथै, विशेष रूपमा तयार पारिएको इभी सेवा प्रणाली, तालिमप्राप्त प्राविधिक जनशक्ति र भरपर्दो स्पेयर पार्ट्स आपूर्ति शृङ्खला यसका मुख्य आधार रहेकाे बताइएकाे छ।
यसले एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढीको ड्राइभिङ रेन्ज दिने कम्पनीले जनाएका छ।
यसमा मोटर, इन्भर्टर र ट्रान्समिसनलाई एकीकृत गर्ने ३-इन-१ इलेक्ट्रिक पावरट्रेन प्रयोग गरिएको छ। जससँगै आधुनिक सेल-टु-प्याक संरचनामा बनेको लिथियम-आयन ब्याट्री समावेश छ।