काठमाडौं। भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको करिब दुई महिना भइसकेको छ। भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन गरिएको एम्पीयर ब्राण्डका स्कुटरहरुलाई नेपालमा आधिकारिक रुपमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो सोलुसन प्रा. लि.ले बिक्री–वितरण गर्दै आएको छ।
नेपालभर एम्पीयर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब पोखरामा पनि यसको आधिकारिक बिक्री–वितरण सुरु गरिएको छ। पोखराको बुद्धचोकमा रहेको डीएनबी ट्रेड प्रा. लि. ले एम्पीयर स्कुटरको आधिकारिक डिलरका रूपमा शोरूम सञ्चालनमा ल्याई वैशाख ३१ गतेदेखि एम्पीयर नेक्सस ईएक्स स्कुटरको बिक्री–वितरण सुरु गरेको छ।
डीएनबी ट्रेड प्रा. लि.ले एम्पीयरको नेक्सस ईएक्स मोडलसहित पोखरा बजारमा प्रवेश गरेको जानकारी गराएको छ। ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १५ वर्षदेखि भारतमा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन उत्पादन गर्दै आएको छ। ग्रीभ्सको एम्पीयर ब्राण्ड भारतमा बलियो उपस्थिति बनाएको विद्युतीय स्कुटर ब्राण्डमध्ये एक भएको कम्पनीले जनाएको छ।
एम्पीयरका स्कुटरहरू उच्च प्रदर्शन आकर्षक डिजाइन, स्मार्ट टेक्नोलोजी तथा विश्वस्तरीय गुणस्तरका लागि परिचित छन्। विशेषगरी एम्पीयर नेक्सस ईएक्स दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकहरुका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको
छ।
एम्पीयर स्कुटरमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग गरिएको छ। यी स्कुटरहरू अत्यन्तै चिसो अर्थात् माइनस ४० डिग्रीदेखि अत्यन्तै तातो ६० डिग्री तापक्रमसम्म परीक्षण गरिएका छन्। एम्पीयरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेको छ। साथै, ब्याट्रीमा ८८७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी उपलब्ध हुनेछ।
एम्पीयर स्कुटरहरुमा मजबुत च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी, आरामदायी राइडिङ अनुभव तथा आकर्षक फिचरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ।