काठमाडौं। नेपालीमा टीसीएल इलेक्ट्रिका उत्पादनको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले टीसीएलको नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन सिरिज एयर कन्डिसनर सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, ऊर्जा दक्षता र प्रयोगकर्तामैत्री सुविधालाई प्राथमिकता दिँदै ल्याइएको यस सिरिजले नेपाली उपभोक्तालाई सहज, स्मार्ट तथा प्रिमियम कुलिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
ब्रिजइन सिरिजको प्रमुख विशेषता यसको जेन्टल ब्रिज प्रविधि हो। एसीभित्र रहेका १,४२२ माइक्रो–होलमार्फत चिसो हावा सीधै शरीरमा नलागी कोठाभर नरम र प्राकृतिक ढंगले फैलिने भएकाले प्रयोगकर्ताले थप सहज र आरामदायी शितलता अनुभव प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।
यस सिरिजले उच्च कार्यसम्पादनलाई समेत प्राथमिकता दिएको छ। कम्पनीका अनुसार एसीले ३० सेकेन्डमै १८ डिग्री सेल्सियससम्म कुलिङ प्रदान गर्न सक्षम छ, जसले प्रयोगकर्तालाई छिटो राहत महसुस गराउँछ।
ऊर्जा दक्षतालाई ध्यानमा राख्दै यसमा एआई इनर्जी सेभिङ प्रविधि समावेश गरिएको छ। एआई आधारित स्मार्ट प्रणालीले तापक्रमलाई स्वचालित रूपमा व्यवस्थापन गर्दै ६० प्रतिशतसम्म बिजुली बचत गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
स्वच्छ तथा स्वस्थ हावाका लागि ब्रिजइन सिरिजमा ४–स्टेप अटो क्लिन सिस्टम पनि उपलब्ध छ। फ्रोस्टिङ, डिफ्रोस्टिङ, ड्राइङ तथा स्टेरिलाइजिङका चरणले एसीको भित्री भागलाई सफा राख्दै स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने बताइएको छ।
यसैगरी ४ इजी स्ट्रक्चरका कारण एसीको जडान तथा मर्मत प्रक्रिया सरल र सहज बनाइएको छ। साथै प्रयोगकर्ताले टीसीएल होम एप, गुगल असिस्टेन्ट तथा एलेक्सामार्फत जुनसुकै स्थानबाट पनि एसी नियन्त्रण गर्न सक्ने स्मार्ट सुविधा पनि यसमा उपलब्ध छ।
ब्रिजइन सिरिज नेपालभर रहेका सीजी डिजिटल सोरुम तथा आधिकारिक बिक्रेतामार्फत १ टन, १.५ टन र २ टन क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ। उत्पादनमा पूर्ण वारेन्टी तथा भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराइने पनि कम्पनीले बताएको छ।