काठमाडौं। नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लामिनारले एक साताभित्रै लुम्बिनी प्रदेशमा तीन वटा एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ।
लामिनारले रुपन्देहीको बुटवल १३, बेलबासमा जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा.लि., भैरहवावाको सिद्धार्थनगरमा जे जे स्टोनेक्स प्रा.लि.सँग र दाङको तुल्सीपुर ५ मा सिद्धार्थ मार्बल हाउस प्रा.लि.सँगको सहकार्यमा तीन वटा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। प्रिमियम टायलका लागि जहिले पनि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यताकाबीच लामिनारले स्थानीय तहमा नै गुणस्तरिय टायलको विक्रीवितरण सुरु गरेको हो।
लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुने पूर्ण भिट्रिफाइड टायल (एनएस ६१७, पूर्ण भिट्रिफाइड) हुन्। यस्तो टायलले कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ।
लामिनारका विभिन्न शोरुममा फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह र उच्च चमक भएका हाई–ग्लस टायल गरी ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध छन्। शोरुमलाई घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकलाई लक्षित गरेर बनाइएको हो। यहाँ टायल छनोट गर्दा कुन प्रयोजनको लागि कस्तो टायल छनोट गर्ने भन्ने कुरालाई पनि प्राथमिकता दिइएको छ।
'लामिनारका शोरुमहरुले ग्राहकलाई राम्रोसँग टायल हेर्न, गुणस्तर चिन्न र आवश्यकताअनुसार छनोट गर्न सहयोग पुर्याउँछ। अब टायल छनोट डिजाइन मात्र होइन, प्रयोगको आधारमा पनि गर्न सकिने छ,' लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले भने।
यसका साथै, जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा।लि।का अध्यक्ष छबिन्द्र भट्टराईले भने, ‘अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन्। टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन्। यो शोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ।’
‘अब हामीले स्थानीय तहबाटै गुणस्तरीय टायल विक्री वितरण गरिरहेका छौँ हामीले नेपालमै उत्पादन गछौँ। गुणस्तरमा नो कम्प्रोमाइज भन्ने हाम्रो मूल मन्त्र हो,’ लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानले भने।
कार्यक्रममा बोल्दै सिद्धार्थ मार्बल हाउस प्रा.लि.का निर्देशक राम बहादुर खड्काले पछिल्लो समय ग्राहकको सोच बदलिँदै गएको बताएका छन्। ‘अहिले देखिने मात्र होइन, कति टिकाउ र भरपर्दो छ भन्ने कुरा पनि महत्त्वपूर्ण भएको छ। लमिनारले त्यो आवश्यकता पूरा गर्छ,’ उनले भने।
यसैगरी शोरुम उद्घाटन गर्दै युवा व्यसायीको संलग्नतामा अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन भएकोमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले लामिनारलाई धन्यवाद दिएका छन्। युवाहरुले स्वदेशमा नै पौरख गर्दै देशलाई आत्मनिर्भर बनाउने बाटोमा लागेको बताउँदैे व्यवसायलाई सफल बनाउनको लागि आवश्यक समन्वयन गर्ने समते बताए।
यसका साथै सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले उद्घाटन समारोहमा बोल्दै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित लामिनार टायल भैरहवामा आउनु खुसीको कुरा भएको बताएका छन्। ‘भैरहवा लुम्बिनी प्रदेशकै केन्द्र भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ। यस्तो अवस्थामा लामिनार जस्तो गुणस्तरीय टायलको शोरुम यहाँ सञ्चालन गर्नु हाम्रो लागि खुसीको कुरा हो,’ उनले भने।
जे-जे स्टोनेक्सका निर्देशक अग्रवालले भने, ‘अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन्। टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन्। यो शोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ।’
लमिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै टायललाई प्रयोगअनुसार बुझ्ने र छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लैजाने कम्पनीको लक्ष्य रहेको जनाएको छ। कम्पनीले १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य राखेको छ।