काठमाडौं। विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले नेपाली उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो नयाँ 'डुअलकुल' इन्भर्टर एयर कन्डिसनर (एसि) श्रृंखला नेपाली बजारमा सार्वजनिक गरेको छ। सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा काठमाडौंको होटल भिभान्तामा आयोजित एक विशेष कार्यक्रमका बीच चौधरी ग्रुपले उक्त उत्पादनको औपचारिक रुपमा सार्वजनिक गरेको हो।
नेपाली घरपरिवारको बढ्दो विद्युत् महसुलको चिन्ता र प्रभावकारी शीतलताको चाहनालाई सम्बोधन गर्न यो नयाँ श्रृंखलामा विशेष 'किलोवाट म्यानेजर' प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ।
एलजीले सार्वजनिक गरेको नयाँ एयर कन्डिसनर श्रृंखलाको मुख्य आकर्षण ´किलोवाट म्यानेजर` प्रविधि रहेको छ। यो स्मार्ट ऊर्जा व्यवस्थापन प्रणालीले प्रयोगकर्तालाई आफ्नो विद्युत् खपत तथा मासिक बिल प्रभावकारी रूपमा नियन्त्रण गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार विद्युत् खपत सीमा निर्धारण गर्न सक्नेछन् भने एलजीको स्मार्ट कनेक्टिभिटीमार्फत वास्तविक समयमै ऊर्जा उपयोग अनुगमन गर्न सकिनेछ। अत्यधिक विद्युत् खपत भएमा सूचना प्राप्त हुने तथा प्रयोग शैलीअनुसार स्वचालित ऊर्जा बचत मोड सक्रिय हुने सुविधा पनि यसमा उपलब्ध छ।
एलजीका नयाँ डुअलकुल एयर कन्डिसनरमा डुअल इन्भर्टर कम्प्रेसर जडान गरिएको छ, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्नुका साथै ४० प्रतिशतसम्म छिटो शीतलन प्रदान गर्ने कम्पनीको दाबी छ।
एलजीले नयाँ एसीमा 'फ्रिज क्लिन' नामक प्रविधि ल्याएको छ, जसले एयर कन्डिसनरको इभापोरेटरमा जम्मा हुने ९९.९ प्रतिशत सम्मका ब्याक्टेरिया र अशुद्धिहरूलाई बरफको तह बनाएर पगाली ड्रेनेजमार्फत बाहिर निकाल्छ। यसले मेसिनको आयु बढाउनुका साथै स्वच्छ हावा प्रवाह सुनिश्चित गर्दछ।
नेपाली परिवेश र विद्युत् भोल्टेजको उतारचढावलाई मध्यनजर गर्दै यसमा स्टेबलाइजर-फ्री अपरेसन समाबेश गरिएको छ जसले बाह्य भोल्टेजको अस्थिरतामा पनि बिना कुनै समस्या सञ्चालन हुन्छ।
राम्रो ताप स्थानान्तरण र लामो समयसम्म टिकाउपनको लागि १०० प्रतिशत कपर ट्युब प्रयोग गरिएको छ।
गोल्ड फिन कोटिंग: खिया लाग्नबाट जोगाउन र मेसिनको सुरक्षा गर्न एन्टि-कोरोसन कोटिंग
डुअल इन्भर्टर कम्प्रेसर जडित यो एअर कन्डिसनरले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्नुका साथै साधारण एसीको तुलनामा ४० प्रतिशत छिटो कोठालाई चिसो बनाउन सक्छ। ५-इन-१ कन्भर्टिबल मोडको सुविधाले कोठामा रहेका व्यक्तिको संख्या र आवश्यकता अनुसार एसीको क्षमतालाई समायोजन गर्न सकिन्छ।
चार दशकभन्दा बढी समयदेखि सीजी इलेक्ट्रोनिक्सले एलजीका प्रिमियम उत्पादनहरू नेपालमा भित्र्याउँदै आएको छ। गुणस्तर र नवप्रवर्तनमा विश्वास राख्ने एलजीका यी नयाँ एअर कन्डिसनरहरूले नेपाली उपभोक्ताको जीवनशैलीलाई थप सहज र आरामदायी बनाउने कम्पनीको विश्वास छ।