काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा संलग्नताको आशंकामा पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित ४३ जनामाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले प्रदर्शनअघि, प्रदर्शनका क्रममा र त्यसपछि दिएका अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदनका आधारमा उनीहरूको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने जनाएको हो।
आयोगले पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल र जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ।
यस्तै आन्दोलन आह्वानकर्ता पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल, खेमराज साउद तथा हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङलगायतमाथि पनि थप अनुसन्धान गर्न भनिएको छ।
गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ, समान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल र उमेश बोहरामाथी पनि अनुसन्धान गर्न आयोगले भनेको छ।
यस्तै शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रविकिरण हमाल, हरि ढकाल, निश्चल वस्नेत, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, वुद्ध छिरिङ्ग, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरब बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान मैनाली सहितका अन्य व्यक्तिहरुमाथि पनि अनुसन्धान गर्न भनिएको छ।
आयोगले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनामा मानवीय तथा भौतिक क्षतिमा संलग्नता, सार्वजनिक शान्ति भंग वा दुरुत्साहन गरेको भए कानुनी कारबाही गर्न सिफारिस गरेको छ। साथै, भविष्यमा प्रदर्शन हिंसात्मक हुन नदिन आयोजकले आवश्यक सतर्कता अपनाउनुपर्ने पनि आयोगको भनाइ छ।