काठमाडौं। पछिल्लो केही वर्षयता भारतमा सञ्चालित डिजिटल भुक्तानी कम्पनीहरूले वर्षौंदेखि घाटामा सञ्चालन हुँदै आए पनि यस वर्ष नाफा आर्जन गरेका छन्। यो वर्ष पाइन ल्याब्स र पेटीएमले पहिलो पटक नाफा कमाएका छन्। मोबिक्विक पनि चालू आर्थिक वर्षमा नाफा कमाउन सफल भएको छ।
मुख्य भुक्तानी व्यवसायमा भएको वृद्धि, ऋणसम्बन्धी सेवाहरूको विस्तार र युपिआईमा क्रेडिट कार्डको प्रयोग जस्ता आम्दानी बढाउने माध्यमहरूको बढ्दो लोकप्रियताका कारण यी कम्पनीहरूको नाफा मजबुत भएको हो। पेटीएमको मातृ कम्पनी वान ९७ कम्युनिकेसन्सले आर्थिक वर्ष २०२६ मा ५५२ करोड भारु नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनी ६६३ करोड भारु घाटामा थियो।
यस्तै, भारतकै ठूला व्यापारिक भुक्तानी कम्पनीहरूमध्ये एक, पाइन ल्याब्सले १३७ करोड भारु नाफा कमाएको छ। जबकि, अघिल्लो वर्ष यो कम्पनीले १३६ करोड भारु घाटा व्यहोरेको थियो। सन् २०२४ डिसेम्बरमा सेयर बजारमा सूचीकृत भएको मोबिक्विकले मार्च त्रैमासिकमा लगातार दोस्रो पटक नाफा कमाएको छ। कम्पनीको आम्दानीमा ठूलो वृद्धि नदेखिए पनि यसले आर्थिक वर्ष २०२६ को पछिल्ला दुई त्रैमासिकमा करिब ४ करोड भारु नाफा कमाएको छ।
मोबिक्विकका प्रमुख कार्यकारी अधिकृत विपिन प्रित सिंहका अनुसार मुख्य व्यवसाय नाफामा छ। यसले ५० करोड भारुको इबिट्डा कर र ब्याजअघिको नाफा कमाएको छ। उनले आफूहरू अफलाइन भुक्तानी र ऋण लगानीका क्षेत्रमा नयाँ अवसरहरूमा लगानी गर्ने बताए।
यसैबीच, आम्दानीमा खासै वृद्धि नहुनुको कारणबारे स्पष्ट पार्दै मोबिक्विककी मुख्य वित्तीय अधिकृत उपासना टाकुले धेरैजसो कारोबार युपिआई डेबिटबाट भएकाले कारोबारको संख्या बढेको बताइन्।
विज्ञका अनुसार फिनटेक कम्पनीहरूले बैंकहरूसँग सहकार्य गरेका, खर्च कम राख्न आफ्नै प्रविधिमा लगानी गरेका र भुक्तानीबाहेक अन्य व्यवसाय विस्तार गरेकाले उनीहरूको वित्तीय अवस्थामा सुधार आएको उनीहरुको दाबी छ। पेटीएमका समूह मुख्य वित्तीय अधिकृत मधुर देओराल आफूहरूको उत्पादन लगातार राम्रो हुँदै गएको बताएका थिए।
कम्पनीका अनुसार आर्थिक वर्ष २०२६ मा भुक्तानी प्रक्रियाको नाफाको अंश ०.०४ प्रतिशत रहको छ। जुन अघिल्लो वर्ष ०.०३ प्रतिशत थियो। अर्कोतर्फ, मोबिक्विकको भुक्तानीबाट हुने नाफाको अंश आर्थिक वर्ष २०२६ को चौथो त्रैमासिकमा बढेर ३९ प्रतिशत पुगेको छ। जुन अघिल्लो वर्ष २३ प्रतिशत मात्र थियो।
पाइन ल्याब्सको हकमा भने सर्वसुलभ भुक्तानी विकल्प र थप सेवाहरूले वित्तीय अवस्था सुधार्न मद्दत रहेको थियो। यो हप्तामा हप्ता आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले वित्तीय वर्ष २०२५ को २२ प्रतिशतको तुलनामा २०२६ मा पाइन ल्याब्सका लागि सक्रिय रूपमा आम्दानी गर्ने भुक्तानी मेसिनको संख्या बढेर ३० प्रतिशत पुगेको जनाएको छ।
कम्पनीका मुख्य कार्यकारी अधिकृत अम्रिस रावले इकोनोमिक टाइम्ससँग कुराकानीका क्रममा भनेका छन्, “हाम्रो प्रविधि र नेटवर्कले गर्दा थप खर्च नगरीकन पनि हामी धेरै ठूलो संख्यामा हुने कारोबारहरू व्यवस्थापन गर्न सक्छौँ। जसले गर्दा व्यापार बढेसँगै फाइदा पनि धेरै हुन्छ। हामीले सफ्टवेयरमा आधारित विभिन्न व्यवसायमा हात हालेका छौँ, जसले गर्दा कम्पनीमा नगदको प्रवाह अझ बलियो भइरहेको छ।'
धेरैजसो कम्पनीहरूले विज्ञापन माकेटिङ र कर्मचारी खर्च कटौतीमा पनि ध्यान दिएको छ। जुन उपभोक्तासँग सीधैँ जोडिने फिनटेक ब्रान्डका लागि सबैभन्दा ठूलो खर्च हुने क्षेत्र हुन्। पेटीएमको विज्ञापन खर्च आर्थिक वर्ष २०२६ मा घटेर ५३६ करोड भारुमा सीमित भयो, जुन अघिल्लो वर्ष ६५९ करोड भारु थियो। त्यस्तै, कर्मचारी खर्च पनि १७ प्रतिशतले घटेर ३,२८८ करोड भारुबाट २,७३५ करोड भारुमा झरेको छ।
मोबिक्विकका लागि पनि खर्च नियन्त्रण फलदायी देखियो, विशेष गरी आर्थिक वर्ष २०२६ मा कम्पनीको आम्दानी घटिरहेको बेला यसले ठूलो मद्दत गरेको हो। कम्पनीले आफ्नो खर्च १७५ करोड भारुबाट घटाएर ४५ करोड भारुमा झारेको छ। त्यस्तै, कर्मचारी सेवा सुविधावापतको खर्च अघिल्लो वर्षको १७० करोड भारुको तुलनामा यस वर्ष १६४ करोड भारु रहेको हो।
फिनटेक कम्पनीहरूको समग्र वित्तीय सुधारबारे टिप्पणी गर्दै पिबी फिनटेकका समूह अध्यक्ष यसिस दहियाले आफ्नो कम्पनीले खर्च कटौती गरेर मात्र नभई व्यापार बढाउँदै नाफा कमाउने कुरामा ध्यान दिएको बताएका छन्। डिजिटल बिमा र ऋण उपलब्ध गराउने सो कम्पनी आर्थिक वर्ष २०२४ देखि नाफामा रहँदै आएको छ।
सन् २०२२ मा हाम्रो सञ्चालन खर्च नयाँ प्रिमियमको ३५ प्रतिशत थियो। जुन अहिले घटेर २८ प्रतिशतमा झरेको छ। खर्चमा सुधार आएको तर व्यापार बढिरहेकाले हामीले खर्च थपिरहेका बताएका छन्। दहियाले इकोनोमिक टाइम्सँगको कुराकानीका क्रममा भनेका हुन्। पिबी फिनटेकले आर्थिक वर्ष २०२६ को अन्त्यसम्म ६,७९४ करोड भारु आम्दानी र ६७० करोड भारु नाफा कमाएको छ।
सेयर बजारमा सूचीकृत भएका कम्पनीहरू नाफामा जान थालेपछि यसको सकारात्मक प्रभाव बजारमा सूचीकृत नभएका अन्य निजी कम्पनीहरूमा पनि पर्न सक्नेबारे अहिले बहस सुरु भएको छ। यसले गर्दा सेयर बजारमा नआएका ठूला फिनटेक कम्पनीहरूलाई पनि आफ्नो जग र व्यवसाय बलियो बनाउन आजको दिनमा दबाब परिरहेको छ। द इकोनोमिक्स टाइम्स