काठमाडौं। महँगो इन्धन, बढ्दो ट्राफिक र सस्तो विद्युतीय सवारी(ईभी)को खोजीबीच बीएडब्लू ब्रम्बी ह्याचब्याक नेपाली उपभोक्ताको आकर्षणको केन्द्र बन्दै गएको छ।
२३ लाख रुपैयाँको मूल्य, कम सञ्चालन खर्च, सहज चार्जिङ सुविधा र सहरी यात्राका लागि उपयुक्त डिजाइनका कारण पहिलो पटक ईभी खरिद गर्ने ग्राहकदेखि युवा पेसाकर्मी, विद्यार्थी र महिला चालकसम्मको रोजाइमा यो सिटी कार पर्न थालेको छ। किफायती मूल्यमा आधुनिक सुविधा र सन्तोषजनक रेन्ज उपलब्ध गराएकाले ब्रम्बीले नेपाली ईभी बजारमा छुट्टै पहिचान बनाउँदै गएको कम्पनीको दाबी छ।
नेपाली बजारका लागि बीएडब्लूको आधिकारिक वितरक एलआरआर मोटर्स हो। ह्याचब्याक सेग्मेन्टमा उपलब्ध गाडी मध्ये सस्तो र राम्रो फिचर भएका कारण बीएडब्लू ब्रम्बी प्रति ग्राहकको आकर्षण बढ्दै गएको कम्पनीको भनाइ छ।
पहिलो पटक ईभी खरिद गर्नेहरूका लागि कम मूल्य, चार्जिङ सुविधा र कार्यक्षमताबारे विभिन्न जिज्ञासा र चिन्ता हुने गर्छ। तर बीएडब्लू ब्रम्बी प्रयोग गरिरहेका ग्राहकहरूका अनुसार दैनिक प्रयोगमा यसको प्रदर्शनले उनीहरूको अपेक्षाभन्दा बढी सन्तुष्टि दिएको छ।
कम मर्मत खर्च र दीर्घकालीन बचतका कारण पनि बीएडब्लू ब्रम्बी ईभी स्वामित्वको सहज प्रवेशद्वार बनेको कम्पनीको दाबी छ। यसले विद्युतीय सवारीसाधनलाई सीमित वर्गको पहुँचबाट निकालेर आम उपभोक्तासम्म पु¥याउने भूमिका खेलेको छ।
महिलामैत्री र सहज ड्राइभिङ अनुभव
बीएडब्लू ब्रम्बी महिला चालकका लागि पनि आकर्षक विकल्पका रूपमा देखिएको छ। सुरक्षा, सहज ह्यान्डलिङ र अटोमेटिक ड्राइभिङका कारण महिला चालकहरूका लागि यो ईभी अत्यन्तै लोकप्रिय बनेको छ। बीएडब्लू ब्रम्बी सहरी क्षेत्रका लागि एकदमै उपयुक्त र राम्रो विकल्प रहेको ब्रम्बी ईभी प्रयोगकर्ता डा. सुनन्दा अधिकारी बताउँछिन्।
‘एक चिकित्सकका रूपमा मेरो दैनिक कार्यतालिका निकै व्यस्त हुन्छ। अस्पताल, क्लिनिक र विभिन्न कार्यक्रममा समयमै पुग्नुपर्ने भएकाले भरपर्दो र सहज यातायात मेरो प्राथमिकता हो,’ उनी भन्छिन्, ‘बीएडब्लू ब्रम्बी प्रयोग गर्न थालेपछि मेरो दैनिक यात्रा धेरै सरल र आरामदायी भएको छ। यसको कम्प्याक्ट आकारले व्यस्त सडक र सीमित पार्किङ स्थानमा पनि सहज रूपमा सञ्चालन गर्न मद्दत गर्छ भने अटोमेटिक ड्राइभिङ सुविधाले यात्रालाई थप सहज बनाएको छ।’
काठमाडौंजस्ता भीडभाडयुक्त सहरमा दैनिक आवत–जावत चुनौतीपूर्ण बन्ने गरेको छ। यस्तो अवस्थामा बीएडब्लू ब्रम्बीको कम्प्याक्ट आकारले पार्किङलाई सहज बनाउने तथा साँघुरा सडकमा पनि सजिलै सञ्चालन गर्न सकिने विशेषता यसमा छ।
दैनिक कार्यालय आवत–जावत, अध्ययन वा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्दा यसको कम सञ्चालन खर्चले उपभोक्तालाई आर्थिक रूपमा पनि राहत दिने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार बीएडब्लू ब्रम्बी केवल सवारी साधन मात्र नभई आधुनिक, किफायती र दिगो जीवनशैलीतर्फको एक स्मार्ट कदम हो, जसले नेपाली उपभोक्ताको दैनिक यात्रालाई अझ सहज, सुरक्षित र खर्च–प्रभावकारी बनाइरहेको छ।
बीएडब्लूको ब्रम्बी सिटी कार हो। ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ।
यसको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ। यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ।