काठमाडौं।सीजी रिलायन्स बेभरेज प्रालिले मकवानपुरको मनहरी गाउँपालिका–६ सँगको समन्वयमा आफ्नो उत्पादन कारखानाको वरपरका क्षेत्रमा सार्वजनिक सुरक्षा अभिवृद्धि र पर्यावरणीय जिम्मेवारीलाई प्रोत्साहन दिने उद्देश्यले सामुदायिक केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ।
यस पहलअन्तर्गत स्थानीय र यात्रुको सुरक्षित आवागमनलाई सहयोग गर्न कारखाना परिसर नजिक सडक बत्ती जडान गरिएका छन्। साथै, विश्व वातावरण दिवस अवसर पारेर कम्पनीले सफाइ र पर्यावरणीय जनचेतनालाई प्रोत्साहन दिन वडाभित्रका उपयुक्त सार्वजनिक स्थानमा राख्न टिकाउ फोहोर संकलन डस्टबिन हस्तान्तरण गरेको छ।
मनहरी गाउँपालिका–६ का वडाध्यक्ष युवराज थपलियाले यी पहलको प्रशंसा गर्दै मनहरीमा सामुदायिक कल्याण सुदृढ गर्न कम्पनी र स्थानीय सरकारबीचको सहकार्यको महत्त्वमाथि प्रकाश पारेका थिए।

यी पहलले सीजी रिलायन्स बेभरेजको वरपरका समुदायमा दिगो विकास प्रवर्द्धन गर्न स्थानीय सरोकारवालासँग नजिक भएर काम गर्ने प्रतिबद्धतालाई थप प्रतिविम्बित गर्छ।
सीजी रिलायन्स बेभरेज
सीजी रिलायन्स बेभरेज प्रालि नेपालको सबैभन्दा ठूलो व्यापारिक समूह चौधरी ग्रुप र रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एफएमसीजी शाखा रिलायन्स कन्ज्युमर प्रोडक्ट्सबीचको संयुक्त कम्पनीले आरसीपीएलको ब्रान्ड शक्ति तथा चौधरी ग्रुपको स्थानीय बजार अनुभवलाई संयोजन गर्दै नेपालभर क्याम्पा पेय पदार्थ उत्पादन तथा वितरणको जिम्मेवारी निर्वाह गर्दै आएको छ।
रिलायन्स कन्ज्युमर प्रोडक्ट्स
रिलायन्स कन्ज्युमर प्रोडक्ट्सको एफएमसीजी शाखा उपभोक्ताको दैनिक जीवनलाई सशक्त बनाउने मिसनमा छ। नवप्रवर्तन र उपभोक्ता सन्तुष्टिप्रतिको दृढ प्रतिबद्धतासहित, रिलायन्स कन्ज्युमर प्रोडक्ट्सले विश्वव्यापी मानकलाई स्थानीय अन्तर्दृष्टिसँग मिलाएर यस्ता उत्पादन सिर्जना गर्दछ रिलायन्स इन्डस्ट्रिज सुदृढ पूर्वाधार र विश्वासको आधारमा, कम्पनीले उपभोक्ताको विकसित आवश्यकता पूरा गर्ने समाधान प्रदान गर्ने र समुदायसँग दीर्घकालीन सम्बन्ध स्थापित गरी राष्ट्रको विकासमा योगदान पुर्याउने लक्ष्य राख्छ।

चौधरी ग्रुप
चौधरी ग्रुप नेपालको अग्रणी बहुआयामिक व्यावसायिक समूह हो, जसले खाद्य तथा पेय पदार्थ, वित्तीय सेवा, शिक्षा, आतिथ्य, सूचना प्रविधि, घरजग्गा तथा पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा २६० भन्दा बढी ब्रान्ड र २०० भन्दा बढी कम्पनीमार्फत व्यवसाय सञ्चालन गर्दै आएको छ।