काठमाडौं। विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७ टी सार्वजनिक गरेको छ। उत्कृष्ट लेइका फाइभ एक्स क्यामेरा र आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकसित गरिएको स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएको शाओमी १७ टी आधुनिक प्रयोगकर्ताका लागि तयार गरिएको उन्नत स्मार्टफोन हो।
शाओमीको अत्याधुनिक इमेजिङ प्रविधि र लेइका अप्टिक्सको संयोजनले यसमा शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली उपलब्ध गराएको छ भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ, जसले अत्यन्त स्पष्ट र उच्च गुणस्तरका तस्बिरहरू खिच्न सकिन्छ।
यो स्मार्ट फोन लेइका फाइभ एक्स टेलिफोटो क्यामेरा र विशेष अप्टिकल डिजाइन तथा उच्चस्तरीय लेन्स संरचनामा आधारित छ। यसले अप्टिकल इमेज स्टेबिलाइजेसनसहित ५० मेगापिक्सेलका तस्बिरहरू खिच्न सक्छ। ३० सेन्टिमिटर दूरीबाट गरिने म्याक्रो फोटोग्राफीदेखि १० गुणासम्मको अप्टिकल स्तरको जुम र १२० गुणासम्मको एआई आधारित जुम सुविधाले नजिक तथा टाढाका दृश्यहरू सहजै कैद गर्न मद्दत गर्छ।
यस स्मार्टफोनमा फोर के ६०फ्रेम प्रतिसेकेन्ड सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा पनि समावेश गरिएको छ। यसले प्राकृतिक पृष्ठभूमिलाई धमिलोपन (बोकेह) सिर्जना गर्दै थप जीवन्त र आकर्षक दृश्य अनुभव प्रदान गर्छ।
परम्परागत स्थिर तस्बिरभन्दा अगाडि बढ्दै शाओमी १७ टीले लाइभ मोमेन्ट सुविधा प्रस्तुत गरेको छ। यसले केवल मुख्य क्षण मात्र होइन, त्यस क्षणसम्म पुग्ने गति, भावना र अभिव्यक्तिलाई समेत कैद गर्छ। यसले दैनिक जीवनका दृश्यहरूलाई अझ गहिरो अर्थ र सन्दर्भ दिन मद्दत पुर्याउँछ।
शाओमी १७ टीमा १÷१.५५ इन्च आकारको ठूलो इमेज सेन्सर प्रयोग गरिएको छ। लेइका अल्ट्रा पियोर अप्टिकल डिजाई तथा १ जि प्लस सिक्स पी हाइब्रिड लेइका सेमीलुक्स विशेष लेन्स संरचनाले सूक्ष्म विवरणहरूलाई अत्यन्त स्पष्ट रूपमा प्रस्तुत गर्छ। यसमा भएको प्रकाश छिर्ने ठूलो भाग (एपर्चर)का कारण यसले फराकिलो प्रकाश सन्तुलन र आकर्षक प्रभाव प्रदान गर्दछ।
शाओमी १७ टीमा ६,५०० एमएएच क्षमताको विशाल ब्याट्री रहेको छ। जुन अघिल्लो जेनेरेशनको तुलनामा १८ प्रतिशत बढी क्षमता भएको बताइएको छ। ६७ वाट फास्ट चार्जिङ प्रविधिको सहयोगले प्रयोगकर्तालाई दिनभर पर्याप्त ऊर्जा उपलब्ध गराउँछ।
यो स्मार्टफोन ४ न्यानोमिटर प्रविधिमा आधारित शक्तिशाली प्रोसेसर मिडिया टेक डाइमेनसिटी ८५०० अल्ट्राद्वारा सञ्चालित छ। यसले प्रोसेसर, ग्राफिक्स तथा एआई सम्बन्धी क्षमतामा उल्लेखनीय सुधार ल्याउँदै मल्टिटास्किङ र आधुनिक गेमिङ अनुभवलाई अझ सहज र प्रभावकारी बनाउँछ।
नेपालमा शाओमी १७ टी बैजनी, निलो र कालो गरी तीन आकर्षक रङमा उपलब्ध छ। १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ८९,९९९ रुपैयाँ तोकिएको छ। साथै, शाओमी १७टी नेपालमा खरिद गर्ने प्रत्येक ग्राहकले रेड्मी बड्स ६ प्ले (मूल्य २,४९९) निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।