काठमाडौं । अर्बौ रुपैयाँ लगानी गरेर बनाइने सडकको दुई किनारामा प्रयोग गरिने कर्बस्टोन गुणस्तरहीन पाइएपछि सरकारले त्यसको पनि नेपाल स्टयाण्डर्ड बनाउने भएको छ ।
अहिले सडकमा जुनसुकै गुणस्तरको कर्बस्टोन प्रयोग भइरहेको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले त्यसको पनि नेपाल स्ट्याण्डर्ड बनाउन लागेको हो । त्यसका लागि विभागले सरोकारवालासँग छलफल गरिरहेको छ ।
विश्वका विभिन्न देशमा कर्बस्टोनको स्ट्याण्डर्ड तय गरिएको छ । तर, नेपालमा त्यसको कुनै मापदण्ड नै छैन् । सडक निर्माणको जिम्मा पाएको ठेकेदारले मनलाग्दी रुपमा कर्बस्टोन बनाएर लगाइएको पाइएपछि विभागले नेपाल गुणस्तर (एनएस) बनाउन लागेको हो ।
‘अहिले हामीले सबै सराकोरबालासँग छलफल गरिरहेका छौं,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘सायद, यो आर्थिक वर्षभित्र यसको पनि स्ट्याण्डर्ड ल्याइसक्छौं । कोरोनाका कारण केही समय ढिला भएको हो । नत्रभने यस अघि नै आइसक्थ्यो ।’ उनका अनुसार विदेशमा पनि कर्बस्टोनको स्ट्याण्डर्ड छ । यो आवश्यक पनि हो ।
उद्योग नै स्थापना गरेर कर्बस्टोन बनाइन्छ । उद्योगले धेरै गुणस्तरीय कर्बस्टोन बनिरहेका छन् । त्यही भएर नेपाल गुणस्तर बनाउन लागेको विभागले जनाएको छ । कर्बस्टोन बनाउने उद्योगी÷व्यवसायीले निकै लामो समयदेखि नेपाल स्ट्याण्डर्ड बनाउन माग गरेका थिए ।
गुणस्तरले कर्बस्टोनको नेपाल स्ट्याण्डर्ड बनाए पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि एनएस प्राप्त कर्बस्टोन प्रयोग गर्नेगरी कानुन बनाउनुपर्ने उद्योगीको माग छ ।
अहिले व्यावसायिक रुपमा कर्बस्टोन बनिरहेका छन् । तर, ठेकेदारले माटोको ढिस्कोलाई कर्बस्टोनको मान्यता दिएर काम गरिरहेका छन् । यस्तो कार्य रोक्न एनएस चिन्ह्र प्राप्त कर्बस्टोन प्रयोग गर्न बाध्यकारी बनाउनुपर्ने सम्बद्ध उद्योगीहरुको भनाइ छ ।
याे पनि पढ्नुहाेस् : कहिलेसम्म सडकमा माटाेकाे ढिस्काेलाई 'कर्बस्टोन'काे मान्यता दिइरहने ? डीजी भन्छन्, ‘एक महिनाभित्र मापदण्ड ल्याउँछु’
सडकमा गुणस्तरहीन कर्बस्टोनको प्रयोग, एडीबीको लगानीमा बनिरहेका सडक पनि उस्तै