काठमाडौं । नेपालमा जिली इएक्स५ र बाउ सवारीसाधनको आधिकारिक वितरक एलआरआर मोटर्सले फिफा विश्वकप २०२६ को उत्साह र रोमाञ्चबाट प्रेरित ग्राहकमुखी अभियान ‘जिली महाफुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ शुभारम्भको घोषणा गरेको छ।
शुक्रबारदेखि असार ९ सम्म सञ्चालन हुने विशेष प्रवर्द्धनात्मक अभियानअन्तर्गत जिली इएक्स खरिद गर्ने ग्राहकले पेनाल्टी सुटआउटमा गरेको प्रत्येक गोलबापत १ लाख तत्काल नगद छुट प्राप्त गर्नेछन्। त्यसैगरी बाउ इसेभने प्रो खरिद गर्ने ग्राहकले प्रत्येक गोलबापत रु. २५ हजार नगद छुट प्राप्त गर्न सक्नेछन्।
गैरीधारास्थित जिली सोरुममा सञ्चालन हुने अभियानले फुटबलको रोमाञ्चलाई जिली इएक्स५ र बाउन इसेभन प्रोमा उपलब्ध विशेष बचतको अवसरसँग जोडेको कम्पनीको भनाइ छ।
ग्राहकलाई सवारी खरिद प्रक्रियामा थप सहभागी, रोचक तथा प्रतिफलमूलक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको अभियानमा विशेष फुटबल मैदानको व्यवस्था गरिएको छ। विद्युतीय सवारी खरिद गर्न इच्छुक ग्राहकले जिली तथा बाउका बिक्री प्रतिनिधिमध्ये एक जनाले गोलकिपरको भूमिका निर्वाह गर्ने पेनाल्टी सुटआउटमा सहभागी भई गोल गर्न सक्नेछन्।
ग्राहकले गरेको गोलको संख्याअनुसार नगद छुट प्राप्त हुनेछ। आकर्षक नगद छुटका अतिरिक्त ग्राहकले एक वर्षको अटो प्लस बिमा, एक वर्षको वार्षिक सवारी कर, तथा निःशुल्क २–इन–१ एडाप्टेबल चार्जर समेत प्राप्त गर्नेछन्। कार्यक्रमलाई थप विशेष बनाउन भेहिकल–टु–लोड कफी अनुभव, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर तथा सहज भ्रमणका लागि पर्याप्त पार्किङ सुविधासमेत उपलब्ध गराइएको छ।
ग्राहकले सुपर एक्सचेन्ज क्याम्पअन्तर्गत आकर्षक एक्सचेन्ज लाभ, सवारी मूल्यांकन सेवा तथा विशेष अफरको समेत लाभ लिन सक्ने एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले बताए। उनका अनुसार यस अभियानले ग्राहकलाई रमाइलो गर्ने, आफ्नै क्षमता परीक्षण गर्ने तथा उल्लेखनीय बचत हासिल गर्ने अवसर प्रदान गर्नेछ।
उन्नत सुरक्षा प्रणाली तथा उत्कृष्ट ड्राइभिङ रेन्जका कारण जिली इएक्स५ ले नेपालका विद्युतीय एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ। त्यसैगरी निकट भविष्यमा नेपाली बजारमा सार्वजनिक हुन लागेको बाउ इसेभन प्रो व्यावहारिक, किफायती तथा वातावरणमैत्री यातायात समाधान खोजिरहेका ग्राहकका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।