काठमाडौं। नेपाल एसबिआई बैंक लि.ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सातै प्रदेशमा योग कार्यक्रमको आयोजना गरी मनाएको छ। बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक योगमार्फत स्वास्थ्य अभिवृद्घि सम्बन्धि गतिविधिमा सहभागिता जनाएका थिए।
उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्घि गर्नु रहेको छ। कार्यक्रमले कर्मचारीहरूलाई क्रियाशील, आपसी सहकार्य र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अवसर प्रदान गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीलगायत अन्य वरिष्ठ पदाधिकारी तथा १५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो।
बैंकले यस किसिम को पहलबाट कर्मचारीको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा उत्पादकत्व बढाउन प्रोत्साहन गर्नुका साथै यसले सकारात्मक र जीवन्त कार्यस्थल संस्कृतिमा योगदान पुर्याउने विश्वास लिएको छ।
बैंकले बिगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ। हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।