काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)का विभिन्न समितिले पूर्णता पाएको छ। महासंघका अध्यक्ष अन्जन श्रेष्ठले २४ वटा समिति सभापति चयन गरेका हुन्। अध्यक्ष श्रेष्ठले सभापति चयन गर्दा वस्तुगततर्फका सदस्य हाबी देखिएका छन्।
वस्तुगततर्फबाट ११, एसोसिएटबाट ३ र जिल्लाले २ वटा सभापति पाएको छ। महासंघमा मतभारको आधारमा हेर्दा वस्तुगतको २०, एसोसिएटको ३० र जिल्ला नगरतर्फको ५० प्रतिशत हुन्छ। तर, महासंघभित्र समिति सभापति चयनमा भने वस्तुगतलाई सबैभन्दा बढी सभापति दिइएको छ।
महासंघ विधानअनुसार समितिको सभापति छान्ने अधिकार अध्यक्षको हुन्छ। सोही अनुसार सोमबार अध्यक्ष श्रेष्ठले समितिको सभापतिहरु छनौट गरेका हुन्।
को कसले पाए समितिका सभापति?
सल्लाहकार समितिको सभापतिमा महेशलाल प्रधान, एफएनसीसीआई विज्ञता परिषद् सभापतिमा कुशकुमार जोशीलाई चयन गरिएको छ। यस्तै उद्योग वाणिज्य परिषद् सभापतिमा कृष्णप्रसाद शर्मा र सहसभापतिमा दिलसुन्दुर श्रेष्ठ, वस्तुगत परिषद् सभापतिमा नरेशलाल श्रेष्ठ, रोजगारदाता परिषद् सभापतिमा प्रबलजंग पाण्डे रहेका छन्।
यस्तै, कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्व समितिमा अरनिको राजभण्डारी, उद्योग समितिको उज्वल श्रेष्ठ, व्यापार समितिमा नवीन रिजाल, घरेलु तथा साना उद्योग समितिमा सुनिता नेमाफुकी, सूचना तथा सञ्चार प्रविधि विकास समितिमा सुनयेना घिमिरे, स्थल यातायात तथा पारवहन समितिमा लिलेन्द्रप्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समितिमा संघर्ष विष्ट, बैंक वित्तीय तथा बिमा समितिमा हेमन्त गोल्छा रहेका छन्।
त्यसैगरी निर्यात समितिमा होमप्रसाद घिमिरे, व्यापार मेला समितिमा सविन श्रेष्ठ, सहरी विकास समितिमा विदुर धमला, स्वास्थ्य विज्ञान समितिमा विप्लव अधिकारी, सीप विकास तथा रोजगार समितिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभसन समितिमा सहारा जोशी, पुँजी बजार समितिमा प्रियराज रेग्मी, सामाजिक सेवा फोरममा राजकुमार कार्की र उत्पादक तथा गुणस्तर समितिमा रविन पुरी रहेका छन्।
योसँगै अन्तर्राष्ट्रिय मामला तथा लगानी समिति, खेलकुद तथा मनोरञ्जन समिति, स्थानीय आर्थिक विकास समिति, उर्जा समिति र घरेलु तथा साना उद्योग समितिको सभापति भने चयन गरेका छैनन्।