इटहरी। रामादा बाई विन्धाम इटहरीले यो विश्वकप सिजनमा फुटबलप्रेमीका लागि विशेष स्टेकेशन प्याकेज सार्वजनिक गरेको छ। सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा बसेर प्रत्येक खेल आरामदायी वातावरणमा हेर्न चाहने दर्शकहरूलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको हो।
“बिग म्याच अन टिभी, प्रिमियम सर्भिस अन कल” नाम दिइएको यो प्याकेजअन्तर्गत पाहुनाहरूले आफ्नो कोठामै बसेर फिफा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्ने छन्। प्रत्येक कोठामा टेलिभिजनको सुविधा उपलब्ध भएकाले भीडभाडयुक्त बार वा सार्वजनिक प्रदर्शनस्थलको झन्झटबाट टाढा रहेर आरामदायी रूपमा खेलको आनन्द लिन सकिने होटलले जनाएको छ। होटलले यसलाई एक्लै खेल हेर्न चाहने फ्यानदेखि साथीभाइको समूहमा बसेर विश्वकपको मजा लिन चाहनेहरूका लागि उपयुक्त प्याकेजका रूपमा प्रस्तुत गरेको छ।
यो प्याकेजको मूल्य एकल बसाइका लागि ६,५०० र दुई जनाका लागि ७,५०० निर्धारण गरिएको छ, जसमा सबै प्रकारका करहरू समावेश हुनेछन्। प्याकेज बुक गर्ने पाहुनाहरूले भेज र ननभेज स्न्याक्ससँगै बियरको सुविधा पनि पाउनेछन्। साथै होटलको स्विमिङ पुल, साउना र स्टीम सुविधामा पूर्ण पहुँच पनि उपलब्ध हुनेछ।
विश्वकपका सबैभन्दा महत्वपूर्ण खेलहरू सेमिफाइनल र फाइनलका लागि होटलले विशेष बिग स्क्रिन भ्यूइङ एक्सपिरियन्स पनि आयोजना गर्नेछ, जसले पाहुनाहरूलाई उत्साहजनक सामुहिक वातावरणमा खेल हेर्ने अवसर दिनेछ।
यस प्याकेजअन्तर्गत उपलब्ध अन्य सुविधाहरूमा उपलब्धताअनुसार बेलुकी ४ बजेसम्म अर्ली चेक(इन तथा लेट चेकआउट, साथै बसाइका क्रममा अतिरिक्त खानपानमा १० प्रतिशत छुट समावेश छन्। होटलका अनुसार यो प्याकेजले रिसोर्टमा जस्तै आरामदायी अनुभव दिने र विश्वकपका ससाना मोमेन्टहरूको पनि आनन्द लिन सघाउने छ।
इटहरीमा अवस्थित यो होटलले पूर्वी नेपालमा प्रिमियम आतिथ्य सेवाको अनुभव प्रदान गर्दै विश्वकपको रौनकलाई अझ विशेष बनाउने लक्ष्य राखेको छ। व्यवसायिक यात्रा, घुमफिर वा विश्रामका बेलामा फुटबलसँगै रमाउन चाहने पाहुनाहरूका लागि यो प्याकेज सहज, आरामदायी र आकर्षक विकल्प बन्न सक्ने विश्वास होटलले लिएको छ।
यो प्याकेज बुक गर्न इच्छुक पाहुनाहरूले बुकिंग तथा थप जानकारीका लागि होटलसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।