काठमाडौं। काठमाडौंको पाली, मण्डीखाटारमा बेनेभिस आइसक्रिम पार्लरको पाँचौं शाखाको भव्य उद्घाटन भएको छ। शुक्रबार प्रमुख अतिथि अभिनेत्री वर्षा सिवाकोटीको विशेष उपस्थितिमा रिबन काटेर बेनेभिस आइसक्रिमको पाँचौ शाखाको उद्घाटन भएको हो।
यस नयाँ शाखासँगै कम्पनीले ग्राहकहरूलाई उत्कृष्ट स्वाद, गुणस्तरीय सेवा तथा उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको सेलरमार्ट प्रा. लि.की प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले बताएकी थिइन्।
बेनेभिस आइसक्रिम पार्लरले हाल २ सय बढीलाई रोजगारी प्रदान गरिरहेको बताउँदै अगामी दिनहरूमा पनि शाखा विस्तारसँगै युवाहरूलाई रोजगार प्रदान गरिने उनले बताइन्।
बेनेभिसप्रति ग्राहक, साझेदार तथा शुभेच्छुकहरूले देखाउँदै आएको निरन्तर विश्वास र साथप्रति आभार व्यक्त गरिन्। उनले भनिन्,‘पाँचौं शाखाको उद्घाटनले बेनेभिसको विस्तार यात्रामा नयाँ अध्याय थप्नुका साथै गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा र अविस्मरणीय ग्राहक अनुभव प्रदान गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई अझ सशक्त बनाएको छ।’
त्यसैगरी अभिनेत्री सिवाकोटीले पनि बेनेभिस परिवारलाई यस महत्वपूर्ण उपलब्धिका लागि बधाई दिँदै आगामी दिनमा पनि नेपाली उपभोक्तामाझ उत्कृष्ट स्वाद र सेवामार्फत अझ लोकप्रिय ब्रान्डका रूपमा स्थापित हुँदै जाने विश्वास व्यक्त गरिन्।
उनले भनिन्,‘बेनेभिस मेरो सबैभन्दा मनपर्ने आइसक्रिम हो। यसको स्वाद र गुणस्तर एकदमै राम्रो छ। मैले त सधैं यो आइसक्रिम खान्छु। र, अरूलाई पनि एकपटक स्वाद लिनका लागि अनुरोध गर्दछु।’
कार्यक्रममा अभिनेत्रीका साथै, कम्पनीका ग्रुप अध्यक्ष हरि कर्माचार्य, निर्देशक प्रमिला कर्माचार्य, अध्यक्ष सुरेश कुमार भोज, प्रबन्ध निर्देशक विकल कर्माचार्य, सेलरमार्ट प्रा. लि.की प्रबन्ध निर्देशक रश्मी कर्माचार्यलगायतको सहभागिता रहेको थियो।
त्योसँगै कार्यक्रममा सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व (इन्फ्लुएन्सर), व्यावसायिक साझेदार, शुभेच्छुक तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पाँचौं शाखाको शुभारम्भसँगै बेनेभिस आइसक्रिमले गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै नेपालको खाद्य तथा पेय पदार्थ क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
बेनेभिस आइसक्रिम नेपालको उदीयमान प्रिमियम आइसक्रिम ब्रान्डहरूमध्ये एक हो, जसले उच्च गुणस्तरीय सामग्रीको प्रयोगबाट स्वादिष्ट तथा उत्कृष्ट आइसक्रिम उत्पादन गर्दै आएको छ।
निरन्तर नवीनता, उत्कृष्ट स्वाद र ग्राहक केन्द्रित सेवामार्फत बेनेभिसले देशभर आफ्नो शाखा विस्तार गर्दै प्रत्येक आइसक्रिम पारखीलाई अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ।