काठमाडौं। स्मार्टफोन अपग्रेड गर्ने सोचमा हुनुहुन्छरु अब त्यसका लागि योभन्दा राम्रो अवसर नहुन सक्छ। होनोरले आफ्नो लोकप्रिय होनोर ६०० शृङ्खला र होनोर ६०० प्रोमा लागू गरिएको विशेष अफरको अवधि थप गरेको छ।
अब ग्राहकहरूले अत्याधुनिक एआई प्रविधियुक्त स्मार्टफोन खरिद गर्दा आकर्षक निःशुल्क उपहार प्राप्त गर्ने अवसर जुलाई ३१ सम्म पाउने छन्। सीमित अवधिका लागि होनोर ६०० फाइभजी वा होनोर ६०० प्रो फाइभजी खरिद गर्ने प्रत्येक ग्राहकले १५ हजार ९९९ रुपैयाँ बराबरको होनोर च्वाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्ने छन्।
स्मार्टफोन फोटोग्राफी र स्मार्ट एआई अनुभवलाई नयाँ स्तरमा पुर्याउन तयार गरिएको होनोर ६०० शृङ्खला मा एआई इमेज टु भिडियो २।०, उन्नत एआई सम्पादन सुविधाहरू तथा फ्ल्यागशिप स्तरको क्यामेरा प्रणाली समावेश गरिएको छ।
होनोर ६०० फाइभजी मा ७,००० एम्पिएर सिलिकन-कार्बन ब्याट्री, स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर र आकर्षक एमोलेड डिस्प्ले रहेको छ। जसले दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङका लागि सहज र भरपर्दो प्रदर्शन प्रदान गर्छ।
यो अफरलाई अझ विशेष बनाउन ज्इल्इच् ले आफ्नो निःशुल्क उपहार योजनाको अवधि थप गरेको हो। अब होनोर ६०० फाइभजी वा होनोर ६०० प्रो फाइभजी खरिद गर्दा ग्राहकहरूले १५ हजार ९९९ मूल्यको होनोर च्वाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्ने छन्। यसले स्वास्थ्य तथा फिटनेस ट्र्याकिङ सुविधा र लामो ब्याट्री ब्याकअपसहितको यो स्मार्टवाच होनोर ६०० शृङ्खलाको उत्कृष्ट साथी बन्ने छ।
यो विशेष अफर जुलाई ३१ तारिखसम्म नेपालभरका सबै आधिकारिक होनोर बिक्री केन्द्रहरूमा स्टक उपलब्ध रहेसम्म लागू हुनेछ।
आजै आफ्नो नजिकको आधिकारिक होनोर स्टोरमा गई होनोर ६०० शृङ्खला च्वाइस वाच २ प्रो होनोर को अत्याधुनिक एआई अनुभव लिन १५,९९९ मूल्यको होनोर च्वाइस वाच २ प्रो प्राप्त गर्ने अवसरको लाभ लिन सकिनेछ।