बजारमा साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा कारोबारको सुरुवातमै छलाङ मार्ने संकेत गरेको छ । रोबार खुले लगत्तै बढ्न थालेको नेप्से परिसूचकले तिब्र उछालको गति समाएको छ । कारोबार सुरु भएको २४ मिनेटमै करिव १८ अंकले नेप्से उचालिएको छ ।
कोरोना भाईरस (कोभिड–१९) महामारीपछि खुलेको बजारमा एक दिन उच्च गिरावट र २ दिन सामान्य गिरावट देखिएको बजारमा निरन्तर सुधारको बाटोमा अघि बढिरहेको छ । असार १५ बाट सेयर कारोबार खुलेकोमा त्यसयता आईतबारको सुरुवाती समयलाई समेत हेर्ने हो भने असार १५ मा ११८८.७१ अंकमा रहेको नेप्से सूचकले आइतबार १३४९.२५ अंक कायम गरिसकेको छ ।
पछिल्लो समय विश्वभरका स्टक एक्सचेन्जहरु पनि बढेका छन्, तिर ति मुलुकमा सरकारले ‘स्टिमुलस प्याकेज’ ल्याएपछि मात्रै । तर, नेपालमा आर्थिक पुनरुत्थानका कुनै पनि कार्यक्रम नआउँदा पनि बजारले निरन्तर गति समाईरहेको छ । सुरुवाती कारोबार हेर्दा बजारमा क्रियासिल सबै उपसूचकहरुमा वृद्धि देखिएको छ ।
व्यवसायहरु सबै विग्रिएका छन् । हरेक क्षेत्रका कारोबारमा दरार पैदा भएको छ । तर, सेयर बजारमा भने नाटकीय परिवर्तन देखिएको छ ।आर्थिक वर्ष २०७६÷७७ को समाप्ति नजिकिईरहेका बेला सेयर बजारले आफ्नो उच्च बनाई राख्न हरदम कोशिष गर्ने देखिन्छ । असार मसान्तमा हुने ‘सेयर मूल्य’ले सेयर धितोमा ऋण लिने ऋणीहरुलाई राहत÷आहत दिने गर्छ ।
त्यति मात्र होइन अन्यत्रको ऋणको सावाँव्याज चुक्ता गर्ने प्रयोजन र साउन सुरु हुनासाथ कम्पनीहरुबाट लाभांस आउन थाल्ने भएकाले पनि केही लगानीकर्ता यही बेलामा बजार प्रवेश गरेर नयाँ सेयर किन्ने गरेको पाईन्छ । त्यसले गर्दा सेयरको माग र आपूर्तिमा सकारात्मक प्रभाव पार्ने गर्छ । अर्कोतिर मौद्रिक नीतिको संघारमा रहेको र राष्ट्र बैंकको उच्च व्यवस्थापनले लगानीकर्तालाई निरास हुने गरी मौद्रिक नीति नआउने बताईरहेकाले बजारमा सरकारात्मक प्रभाव पारेको मान्न सकिन्छ ।
गत साता संघीय संसदको अर्थ समितिले बैंकहरुलाई पनि धितोपत्र दलाल व्यवसायीको रुपमा काम गर्न अनुमति (ब्रोकर लाईसेन्स) दिन सिफारिस गरेको छ । यद्यपी त्यसका लागि आवश्यक सर्तहरु पुरा गर्नुपर्नेछ । यसअघि ब्रोकरका रुपमा काम गर्न भनेर सहायक कम्पनी खोलेर बसेका बैंकहरु समितिले निर्णय नगर्दा नियामक धितोपत्र बोर्डले कार्यान्वयन गर्न सकेको थिएन । यसबाट धितोपत्र दलालहरुको आधिपतय समाप्त हुने भएकाले पनि लगानीकर्ता बढी आसावादी देखिन्छन् । त्यति मात्र होइन समितिले धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीहरुले साधारण सेयर (आईपीओ) पनि भर्न नपाउने र यसअघिको सेयर भए स्वघोषणा गरि देखाउनुपर्ने व्यवस्था गरेको छ ।
त्यसैगरि पुँजीबजारबाट छिटो कमाउने प्रबृत्ति रोक्न छुट्टाछुट्टै दरको पुँजीगत लाभकर व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । त्यस्तै धितोपत्र दलाल व्यवसायीहरु एकीकृत हुन चाहेमा मर्जरको बाटो पनि खुला गरेको छ । यसले बजारलाई थप व्यवस्थित बनाउन सहज हुनेछ । त्यसैगरि मार्केट मेकरको काम गर्न नागरिक लगानी कोषको अग्रसरतामा नागरिक स्टक डिलर नामक कम्पनी खडा भएको छ । यसले सेयर बजारलाई अझ व्यवस्थित र पारदर्सी बनाउन सहयोग पु¥याउने अपेक्षा छ ।
५ दिनमा नेप्से सूचकमा ‘यु’ सेप, बजार अझ बढ्न सक्ने संकेत
बैंकहरुले व्याजदरलाई क्रमसः घटाउँदै लगिरेहका छन् । त्यसको प्रभाव पनि बजारमा परेको छ । त्यति मात्र होइन लकडाउनका कारण अन्य क्षेत्रहरुको कारोबारमा संकुचन आएकाले पनि धेरैको ध्यान सेयर बजारतिर तानिएको छ । यसले तर, तत्कालका लागि भने बजारले लगानीकर्तालाई उत्साहित बनाएको छ ।