काठमाडौं । निषेधाज्ञाकाबीच सोमबार सबैभन्दा बढी सेयर कारोबार भएको छ । सोमबार सेयर बजार २२ अंक बढेर ३ अर्ब ४६ करोड २५ लाख रुपैयाँ बराबरको ७७ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ ।
लकडाउनपछि सबैभन्दा बढी सेयर कारोबार भएको हो । बजार बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेर १ हजार ४८५ अंकमा पुगेको छ । आइतबार बजार ४ अंकले बढेको थियो ।
गत फागुन १४ गते बजार ५०.९३ अंक बढेर ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसपछि बजार निरन्तर गिरावट आएको थियो ।
यो पनि पढ्नुस
निषेधाज्ञामा गुल्जार सेयर बजार, लगानीकर्तालाई थप उत्साहित बनाउँदै
निषेधाज्ञापछि बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुँदा बजार निरन्तर उकालो लागेको हो । निषेधाज्ञामा लगानी गर्ने क्षेत्र नभएपछि धमाधम सेयर बजारमा लगानी बढेको हो । यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिन लागेपछि लगानीकर्ता झनै उत्साहित भएका छन ।
सोमबार होटल बाहेक सबै परिसूचक बढेका छन । सोमबार बैंक, व्यापार, होटल, जलविद्युत, लघुवित्त, विकास बैंक, वित्त कम्पनी, उत्पादनमूलक र म्युचअल फण्डको सेयर मूल्य बढेको छ ।
बजार बढ्दा नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल रिको प्रतिकित्ता ८४७ रुपैयाँमा २८ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै नेको इन्स्योरेन्स लिमिटेडको ७९५ मा १७ करोड ३५ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ३९ञ् रुपैयाँमा १६ करोड १९ लाख रुपैयाँमा सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।