बिहीबार, मंसिर १६ २०७८ ०२:४५ PM

×

पहिले लक्ष्मी पूजा गर्दा तोरीको तेलले दियो बालिन्थ्यो, अहिले बिजुली बालिन्छ 

images

लक्ष्मीलाई धनधान्यको देवीको उपमा दिँदै उद्योगी,व्यवसायीहरुले विषेश महत्वका साथ पुँजाआजा गर्ने प्रचलन छ । आफ्नो उद्योग,कलकारखाना र व्यवसायीक स्थानहरुमा लक्ष्मीको पुँजाधुमधामका साथ गर्ने गरिन्छ । उद्योगी,व्यवसायीले मात्र नै सर्वसाधारणलेपनि आ आफ्नो घरमा लक्ष्मी पुँजा गर्ने गर्छन् ।

नेपालको चलिआएको संस्कार र चाडपर्व मध्ये तिहारको सबैभन्दा महत्वपूर्ण पर्वकोे रुपमा लक्ष्मी पुजालाई लिइन्छ । त्यस भित्रपनि विषेश गरेर उद्यमी,व्यवसायीहरुले झन बढी महत्वका साथ लिने गरिएको छ ।

लक्ष्मी पुजालाई संस्कारकै हिसावले पहिलादेखिनै विषेश प्राथमिकतामा राखिदै आएको छ । बुबाको समयदेखि नै टोयटा भित्रमा रहेका सम्पूर्ण कर्मचारीहरु परिवारको रुपमा रहेकोले उनिहरुसँगै बसेर पुजा गरिदै आएको छ । लक्ष्मी पुँजाको दिन विषेश गरेर अर्थ विभाग र बजार विभागका प्रमुखहरु बढी सक्रिय भएर पुजा गर्नुहुन्छ ।

पुँजागर्ने तरिका प्राय एउटै हुन्छ । निर्धारीत समय अनुसार नै पुँजा गर्छौ । त्यसका लागि सबै परिवारहरु अफिसमा जम्मा भइन्छ । र सबैलाई बोलाएर हरेक विभागका प्रमुखहरुले आफ्ना विभागका कर्मचारीहरुलाई बोलाएर पुँजाको प्रसाद खाने र खुवाउने चलन पनि थियो । तर,पछिल्ला केहि वर्षयता कोभिडका कारण खानपान र रमाईलो गर्ने क्रम घटेको छ । अव विस्तारै यो ट्रेनलाई अगाडी बढाउँदै लगिने छ ।

अफिसपछि हरेक उद्योगको फ्याक्ट्रीहरुमा पनि पुँजा गरिन्छ । पहिला पहिला अनिवार्य रुपमा लक्ष्मी पुँजा गर्दा तोरिको तेलले दियो जलाउने गरिन्थयो । तर,अहिले समय बदलिएको छ । बिजुली बत्तिको भरमा पुँजा गरिन्छ । दियो नबालेर बिजुली बत्ति बाल्दा सुरक्षाको हिसाबमा कुनै समस्या नहुने र दियो बाल्दा आगलागी लगाएका घटनाहरु घटन्े भएकोले पनि यसलाई विस्तारै परिमार्जन गरिदै लगिएको हो । 

पुँजाको सुरुवात म आफैले गर्छु । पहिला मेरो बुबाले गर्नुहुन्थ्यो । उहाँको निधनपछि पुँजाको नेतृत्व मैले नै गर्दै आएको छ । पुँजा अवधिभर नै अफिसमा रहन्छु र घरमा पनि पुँजा म आफै गर्छु । पहिला देखिनै कम्पनीको प्रमुख व्यक्तिले पहिला पुँजा गर्ने र पछि अरुले गर्ने प्रचलन रहेकोले त्यसैलाई निरन्तरता दिएको छु ।

पुँजा गरेको २४ घण्टापछि  पुँजा निकाल्नेपनि म आफैले गर्छु । पहिला बुबाले निकाल्नु हुन्थ्यो,अहिलो म निकाल्छु । यो बेला भने अरु कोहि हुँदैनन् । धार्मिक हिसावले पनि म यसलाई विश्वास गर्छु । पहिलादेखिनै गर्दै आएको र यसलाई छोरा नातिलेपनि निरन्तरता दिन्छन् भन्ने अपेक्षा राखेको छु ।

बैद्य वैद्यज् अर्गनाइजेशनका अध्यक्ष हुन् । 
 


 

बिहीबार १८ कात्तिक २०७८ ०४:५६ PM मा प्रकाशित

प्रतिक्रिया