मङ्गलबार, कात्तिक २ २०७८ ०५:५४ AM

×

ग्यालेक्सी एम ५२ फाइभजी फोन नेपाली बजारमा सार्वजनिक, पातलो डिजाइनमा शक्तिशाली पर्फमेन्स

images

काठमाडौं । सामसङले शक्तिशाली एम सिरिजअन्तर्गतका नयाँ ग्यालेक्सी एम ५२ फाइभजी फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । ७.४ एमएमको पातलो भएको यस फोनमा स्नापड्रागन ७७८ प्रोसेसर, सुपर एमोलेड प्लस १२० हर्ज डिस्प्ले रहेको छ । ५ हजार एमएएच ब्याट्री क्षमता रहेको यस फानेले फाइभजी नेटवर्कलाई समेत सपोर्ट गर्छ ।

यस फोनको डिजाइनको कुरा गर्दा यो एकदमै पातलो, हलुका र आकर्षक छ । ७.४ एमएमको मोटाइ रहेको यस फोन अन्यको तुलनामा २१ प्रतिशत पातलो छ । आईसी ब्लु तथा ब्लेजिङ ब्ल्याक दुई कलर अप्सनमा यो उपलब्ध छ ।

यसमा शक्तिशाली स्नापड्रागन ७७८ जी ६एनएम चिपसटेको प्रयोग भएको छ जसले मोबाइलको कार्यक्षमता बढाउनुका साथै ब्याट्रीसमेत कम खपत गराउन मद्दत गर्छ । १२० हर्जको रिफ्रेस रेटको भएको यस फोनमा ६.७ इन्चको एफएचडी प्लस एमोलेड इन्फिनिटी ओ डिस्प्ले रहेको छ ।

गेम तथा मुभीहरू हेर्दा यसले अभूतपूर्व दृश्यावलोकनको अनुभव प्रदान गर्छ । यसमा प्रयोग भएको गोरिल्ला ग्लास फाइभले डिस्प्लेलाई थप सुरक्षा प्रदान गर्छ । त्यसैगरी यसमा भएको डल्बी एटमसले उत्कृष्ट साउन्ड क्वालिटी प्रदान गर्छ ।

यसमा ६४ मेगा पिक्सलको बेस्ट इन क्लास क्यामेरा युक्त फोनले जीवन्त फोटोहरू खिच्न सक्छ । त्यसैगरी यसमा भएको १२ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्स, ५ मेगा पिक्सलको म्याक्रो लेन्सले वास्तवमै फोटोग्राफीलाई एक तह माथिसम्म पुर्याउँछ । त्यसैगरी यस फोनमा भएको ३२ मेगा पिक्सलको फ्रन्ट क्यामराले लोभलाग्दो सेल्फी फोटोहरू खिच्छ ।

यो फोन बास्तवमै एउटा पावर हाउस जस्तै हो । यसमा प्रयोग भएको ५००० mब्ज ब्याट्रीको साथ २५ वाट फास्ट चार्जिङ सुविधाले दिन रात मोबाइल चलाउन सकिन्छ । यसले बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्तिसमेत दिन्छ ।

यो फोन दुई भेरियन्टमा उपलब्ध छ । जसमा ६ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेजको मूल्य ४८ हजार ९ सय ९९ तथा अर्को ८ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेजको मूल्य ५० हजार ९ सय ९९ रुपैयाँ पर्छ । यो स्मार्टफोन नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक ब्राण्ड सप, रिटेलरहरूमा सहजै खरिद गर्न सकिनेछ ।

 

 

मङ्गलबार १९ असोज २०७८ ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया