एजेन्सी। ब्रसेल्सले युक्रेनलाई १८ अर्ब युरोको सहायता दिने प्रस्ताव गरेको छ।
युरोपेली आयोगले सन् २०२३ सम्ममा युक्रेनलाई प्राप्त गर्न १८ अर्ब युरो (करिब १८ अर्ब अमेरिकी डलर) को आर्थिक सहायता प्याकेजको विवरण बुधबार सार्वजनिक गरेको हो।
यस योजनाअन्तर्गत, यूरो समूहले किभलाई प्रति महिना १.५ अर्ब यूरो ऋणको रूपमा पठाउनेछ। उक्त रकम ब्याज भुक्तानीको साथ युरोपेली संघले असुल गर्नेछ।
गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो। उक्त युद्धका कारण युक्रेनसँगै विश्वभर आर्थिक समस्या देखिएपछि मार्च २९ मा टर्कीको इस्तानबुलमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा रूस र युक्रेनकाबीच प्रत्यक्ष वार्ता भएको थियो। वार्तामा खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीलाई आपूर्तिमा अवरोध नगर्ने सहमति भएको थियो।
प्रतिक्रिया